Jilla Ban Notis

नवलपरासीको सुनवलमा दोश्रो लोक सांस्कृतिक एवं पर्यटन महोत्सव हुने ।

0 105

गौरीशंकर जयसवाल

सुनवल–२०,असार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा नवलपरासीको आयोजनामा दोश्रो लोक सांस्कृतिक एवं पर्यटन महोत्सव२०७९ हुने भएको छ ।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको वडान १३स्थित सुरन्दरबस्तीमा बडेरा यही असार २३ गतेदेखी श्रवण ५ गतेसम्म दोश्रो लोक सांस्कृतिक एवं पर्यटन महोत्सव संचालन हुन लागेको हो ।

लोक दोहोरी संरक्षण जसमध्ये पुराना लोकभाकाहरुको संरक्षण सहीत पस्तान्त्रण गरी मौलिक भाकाहरु हराउन नदिन साथै नेपाली लोक कला संस्कृतिको संरक्षण , सम्बद्र्धनका लागि र नवलपरासी जिल्ला भित्रका पर्यटकिय स्थलहरुको प्रचार प्रसारका लागि महोत्सव आयोजना गरिएको आज पत्रकार सम्मेलन आयोजना गरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान महोत्सवका अध्यक्ष भरत क्षेत्रीले जानकारी दिए ।

महोत्सव अवधिभर बिभिन्न जात जाति भाषा साँस्कृतिक मौलिकता झल्किने खालका साँस्कृतिक कार्यक्रम हरेक दिन एक एक प्रर्दशन गर्न प्रस्तुत गरिने अध्यक्ष क्षेत्री बताए ।

महोत्सवमा मौलिक लोक दोहोरी गित प्रतियोगता ,र राष्ट्रिया ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रसतुतीरहने अध्यक्ष क्षेत्रीले बताए । महोत्सवमा ५० भन्दा बढि स्टलहरु रहने साथै बालउद्याम लगायत रमाईलो मेला रहने क्षेत्रीले जानकारी दिए । महोत्सवमा दैनिक उपभोग्य बस्तु होटल रेष्टुरेन्ट लागयतको स्टल रहने आयोजकले जानएको छ ।

मेलमा ३० हजारदेखी ४० हजार दर्शकहरुले आवलोकन गर्ने दाबी गरेको छ । महोत्सवमा ३० लाख खर्च लाग्ने छ भने यस महोत्सवबाट ३२ लाख आम्दानी हुने यसको आम्दानीबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा नवलपरासीको कार्यालाय भवन निर्माण गरिने अध्यक्ष क्षेत्री बताए । महोत्सवमा जेष्ठ नागरिकको परिचयपत्रको आधारमा निशुल्क प्रबेश गर्न पाउने र बिद्याथीको हकमा टिकटको रकम ३० प्रतिशत छुट व्यवास्थ मिलाईएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा नवलपरासीका सचिव भूपराज न्यौपाने जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.