Jilla Ban Notis

नवलपरासीको सात वटै स्थानिय तहमा दादुरा रुबेला अभियान सचालन हुने ।

0 17
गौरीशंकर जयसवाल
परासी २६ माघ
पश्चिम नवलपरासीमा  दादुरा रुबेला खोप बिरुद्ध अभियान संचालन हुने भएको छ । नवलपरासीको सात वटै स्थानिय तहमा दादुरा रुबेला अभियान२०७६÷०७७ अन्र्तगत  पहिलो चरणमा फाल्गुन १ देखी ९ गते सम्म र दोश्रोचरणमा फागुन १४ गतेदेखी २२ गतेसम्म ९ महिनदेखी ५ बर्षमुनिका बालबालिकाहरुलाई दादुरा रुबेला  खोप अभियान संचालन हुने भएको हो । आज पश्चिम नवलपरासीमा स्वास्थ्य कार्यालयले परासीमा सञ्चारकर्मी र सरोकारवालाहरु संग अन्तरक्रिया तथा छलफल कार्यक्रममा स्वास्थ्य कार्यलयमा प्रमुख गौरब ढकालले  ५ बर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुबेला खोप अभियान संचालन गरिने जानकारी गराएका थिए । उनको अनुसार पहिलो चरणमा फाल्गुन १ देखी ९ गते सम्म बर्दघाट नगरपालिका प्रतापपुर, गाउँपालिका सरावल गाउँपालिका र सुस्ता गाउँपालिकामा ९ महिनदेखी ५ बर्षमुनिका बालबालिकाहरुलाई दादुरा रुबेला  खोप लगाइने जानकारी दिए । त्यस्तै दोश्रो चरणमा दोश्रोचरणमा फागुन १४ गतेदेखी २२ गतेसम्म सुनवल नगरपालिका,रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिकामा ९ महिनदेखी ५ बर्षमुनिका बालबालिकाको समूहलाई  दादुरा रुबेला  खोप लगाईने छ । नेपालमा २०३ ४ सालदेखी दादुरा रुबेला  बिरुद्धको खोप ९ महिनदेखी ५ बर्षमुनिका बालबालिकाहरुलाई दादुरा रुबेला  खोप लगाउने सुरु गरिएको प्रमुख ढकालले बताए ।
      त्यस्तै सन २००२,सालदेखी  २०१८ मा राष्टिय खोप अभियान चलाईएको थियो । नियमित खोप अपेक्षाकृत र समानकभरेज नभएकोले दादुरा रुबेला निवारणको लक्ष्य २०१९मा निवारण गर्न नसकिएको अब सबै पालिकाले ९० प्रतिशत खोप र २०२३ निवारण गर्न लक्ष्य ९५ प्रतिशत रहेको ढकालले जानकारी दिए । दादुरा रुबेला खोप लागएर पाँच बर्षमुनिका बालबालिकाको मुत्यु दर घटाउने सरकारको प्रमुख लक्ष्य रहेको बताए ।   उनले भने ११ भ्याक्सिन ७७ वटै जिल्लामा १० रोगको बिरुद्ध लगाईने छ । अहिले पनि २१ प्रतिशत बालबालिका पूर्ण खोप बाट बन्चित देखिएको १ प्रतिशत बच्चा शुन्य डोजमा दुई बर्षमुनिका बालबालिका रहेको र ७८प्रतिशत पूर्णखोप लागईएको पाईएको स्वास्थ्य प्रमुख ढकालले जानकारी दिए । ९ महिनदेखी ५ बर्षमुनिका बालबालिकाहरुलाई दादुरा रुबेला  खोप लगाउनबाट बञ्चित भएपछि बालबालिकामा जटिलता रोग लागने भएकोले ९ महिनदेखी ५ बर्षमुनिका बालबालिकाहरुलाई नछुटाई खोप लागऔँ नेपालबाट दादुरा रुबेला  रोग पूर्ण रुपमा घटाउ  भन्ने नारासाथ खोप अभियान को व्यापक रुपमा रेडियो र पत्रपत्रिकाहरुबाट सुचना प्रबाह गरिने कार्यालयले जनाएको छ ।
प्रत्येक एक खोप केन्द्रमा  तीन जना दरले स्वसेबीका रहने छन जिल्लामा ९ महिनदेखी ५ बर्ष३२ हजार ४सय ४७ जना ५ बर्षमुनिका ३ तीन हजार २ सय ७२ जना बालबालिकाहरुलाई दादुरा रुबेला खोप लागईने छ । नवलपरासी जिल्ला नेपालकै पहिलो जिल्लाको रुपमा २०७२ सालमा पूर्ण खोप जिल्ला घोषण भईसकेको जिल्ला हो । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका पूर्वअध्यक्ष केशवपराजुली,लागयतले बोलेका थिए भने जिल्ला स्थित क्रियाशिल सञ्चारकमीहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.