Jilla Ban Notis

नवलपरासीको शिक्षक संघको नेतृत्वमा चापागाईंको प्यानल नै बिजयी

0 78

प्रकाश न्यौपाने
चैत्र १० गते

नेपाल शिक्षक संघ, नवलपरासी ९ औं अधिबेशनबाट अध्यक्षमा भोजराज चापागाईं १६० मतले बिजयी हुनुभएको छ । चापागाईंले ३८५ मत गर्दा अध्यक्ष पदका अर्का उम्मेदार वृजराज कुशवाहाले २२५ मत प्राप्त गर्नु भएको छ । संघको ९ औं अधिबेशनका लागि चापागाईं र कुशुवाहा दुबैजनाले छुट्टाछुट्टै प्यानल नै बनाएर नेतृत्वका लागी दाबी गर्नु भएको छ ।

त्यस्तै उपाध्यक्षमा अरबिन्द्र कुमार पाठक, सचिबमा इन्द्र बहादुर चौधरी , अर्थ सचीवमा कुन्जबिहारी चौधरी , सहसचिवमा अर्जुन प्रसाद पाण्डे बिजयी हुनु भएको छ । त्यस्तै जिल्ला सदस्यमा खुल्लामा बिरेन्द्र कुमार यादव, गोबिन्द प्रसाद पाण्डे, नारद ठाकुर, ध्रुब आचार्य बिजयी हुनु भयो ।

प्रदेश अधिवेशन प्रतिनिधि खुल्लामा इन्देश गुप्ता, चुडामणि भण्डारी, प्रदिप कुमार चौधरी, भविश्वर पाण्डे बिजेता हुनु भएको छ । भने संघीय महाधिवेशन प्रतिनिधि महिलामा मनमाय गुरुङ्ग र ओम कुमारी चौधरी बिजयी हुनु भयो ।
संघीय महाधिवेशन प्रतिनिधि खुल्लामा पशुपति चौधरी, चेतनाथ पौडेल, बिनोद ज्ञवालीले बिजयी हुनु भयो । शिक्षक संघ नवलपरासीमा कुल ६ सय २० मत खसेको थियो ।

Leave A Reply

Your email address will not be published.