Jilla Ban Notis

नवलपरासीको भुमहिवाट एक ट्रक गाईगोरु पक्राउ ।

0 13

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२

गाईको पुजा गरेर गाईतिहार सकिन नपाउदै तिहारकै दिन नवलपरासीको भुमहिवाट एक ट्रक गाईगोरु पक्राउ गरीएको छ । गाईतिहारको दिन राती रुपन्देहीको धकधईवाट गाई राती ट्रकमालोड गरेर लैजादै गर्दा सुराकीको आधारमा तिहारका दिन विहान ३ बजे नवलपरासीको भुमहिवाट ट्रकसहित गाईगोरु पक्राउ गरीएको बताईएको छ ।

कामधेनु गौशाला देवदहका योगी समराज महाराजको सुराकीका आधारमा नवलपरासी प्रहरीले भुमहिवाट ट्रकसहित गाईगोरु पक्राउ गरी गौशाला लगेको हो । पक्राउ गरीएको लु २ ख ६०४ नम्वरको ट्रक रुपन्देहीको धकधईका नैन मुल्लाहको रहेको ट्रक चालक मैनुद्धिन अन्सारीले बताएका छन् । नवलपरासीको रामग्राम नगरपालिका वडा नं १५ मा आफ्नो घर भएको बताउने चालक मैनुद्धिन अन्सारीले आफु ५५ हजार ट्रक भांडामा झापा सम्मका लागि हिडेको बताए् ।

पटक –पटक गाई तस्करहरुले नवलपरासी र रुपन्देहीका विभिन्न स्थानहरुवाट गाई तथा गोरुहरु संकलन गरेर बारा पु्याउने र त्यहांवाट फेरी भारतको दार्जीलिङ,सिक्किम हुंदै बंगलादेशमा मासुका लागि लाने गरेको सुचना पाएपछि गाईतिहारका दिन राती १० बजेबाट विहान ३ बजे सम्म सुराकी लगाएर सो ट्रक पक्राउ गर्न सफल भएको कामधेनु गौशाला देवदहका योगी समराज महाराजले बताउनु भएको छ ।
यता जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी तथा प्रहरी निरीक्षक राजिब श्रेष्ठले पक्राउ गरीएको ट्रक र गाई गोरुहरु कागजी रुपमा फर्जी नरहेको र झापा सम्मका लागि जाने अनलाईन विल समेत रहेको बताउदै प्रमुख जिल्ला अधिकारीले भने बमोजिम आफुहरुले पक्राउ गर्न सहयोग मात्र गरेको बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.