Jilla Ban Notis

नवलपरासीको  तुलसीनगरमा सवारी दुर्घटना हुदा चारजना घाईते 

0 21

उर्मिला यादव

सुनवल,माघ ३

पूर्व–पश्चिम राजमार्ग अन्र्तगत पश्चिम नवलपरासीको सरावल गाउपालिका १ तुलसीनगरमा आज साँझ भएको सवारी दुर्घटनामा परी चार जना घाईते भएका छन् । पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु १ ख ९२१३ नम्बरको बसले पुर्वबाट पश्चिम तर्फ जादै गरेको लु ३४ प ४४८५ नम्बरको मोटरसाईकल र लु १ ह १५४६ नम्बरको ई रिक्सालाई पछाडि बाट ठक्कर दिदा चार जना घाईते भएका हुन् । घाईते हुनेमा मोटरसाईकल चालक सरावल एक बस्ने २१ बर्षिय नुरकान्त चौधरी र मोटर साइकल पछाडि सवार बर्दघाट १० बस्ने १८ वर्षिय मनिष क्षेत्री रहेका छन् । घाइते दुबै जनाको थप उपचारका लागी बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तै ई–रिक्सामा सवार बर्दघाट ११ बस्ने वर्ष ३६ का महेन्द्र थारु र सोहि स्थान बस्ने मनोज चौधरी घाईते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेकोले बर्दघाटमा उपचार भईरहेको प्रहरीले जनाएको छ । तिव्र गतिमा आएको बसले पहिले मोटरसाईकल र त्यस पछि ई–रिक्सालाई एकै पटक ठक्कर दिएको थियो । ठक्कर दिएर भागेको बसलाई भुमहीबाट प्रहरीले चालक सहित नियन्त्रणमा लिएको छ । अहिले बस र चालक बर्दघाट प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.