Jilla Ban Notis

नवलपरासीको जिल्ला कारागारमा रहेका एक कैदिको मृत्यु ।

0 56

परासी,चैत्र–२६
नवलपरासीको जिल्ला कारागारमा रहेका एक कैदिको मृत्यु भएको छ । रुपन्देहीको रानिबगिया स्थाई घर भएका ३५ वर्षका शिवराज परियारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विरेन्द्र थापाका अनुसार मृतक परियार जन्डीसको बिरामी रहेको र उनको उपचारको क्रममा आज बिहान पृथ्वी चन्द्र अस्पताल परासीमा मृत्यु भएको हो । मानव बेचविखन मुद्धामा दोषी भै सजाय भुक्तान गरिरहेका परियारलाई २०७२ साल भदौ १० गते परासीको कारागारमा ल्याईएको थियो । १० वर्षको जेल सजायमा रहेका परियार विगत १०÷१२ दिन देखि बिरामी रहेको परासीका जेलर जगत बस्नेतले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.