Jilla Ban Notis

नवलपरासीकी सुर्वि टिकटकमा छाउदै ।

0 33

कृष्ण ढकाल
बर्दघाट,माघ–६
सानै उमेरमा अभियनतर्फ निक्कै रुची राख्ने ७ वर्षिय सुर्वि सुसान्त घिमिरे यतिबेला टिक टक चलाएर चर्चित बन्न पुगेकी छिन । नवलपरासी जिल्लाको सरावल गाउँपालिका ( २ मनरीकी चुलवुले अनि चन्चल स्वभावकि सुर्वि ले भोजपुरी र नेपाली लगाएतका अहिले सम्म थुप्रै ज्ञानवर्दक ,कमेडी भिडियो बनाएकि छन्।

७ वार्षी सुर्विका थुप्रै टिकटकहरु मध्ये पछिल्लो समयमा पिपल वोटमा पर्खन्छु नेपाली र लालि लालि ओठवा भोजपुरी भन्ने गितमा गरिएको अभिनय र नृत्य अत्याधिक चर्चित भएको छ । जुन १५ सेकेन्ड को भिडियो अप्लोड गरेको एक घन्टामै एक लाख भन्दा वढिले हेरेको सुर्बिका बाबु सुशासन्त घिमिरेले बताउनु भएको छ ।

सरावल (१ वासावसहिमा रहेको वसन्तपुर जेनिथ ईंगलिश स्कुल कक्षा २ मा अध्ययनरत सुर्विको भोजपुरी कमेडि डायलग र डान्स सबैले अत्याधिक मन पराउने गरेका छन् । मद्येशी समुदायमा हुर्केकी सुर्विलाई मद्येशवासीहरुले मधेशकि प्यारी टिकटके छोरी भनेर पनि बोलाउने गरेका छन् । सुर्वीको परिवारमा कोहि पनि अभिनयमा लागेका छैनन् उनकी आमा वन्दना पाण्डे गृहणी हुन भने बाबु सुशासन्त घिमिरे राजनिति गर्ने उदांउदा नेताकारुपमा परिचित छन् ।

नवलपरासीमा टिकटक प्रयोगकर्ताहरुका विच लोकप्रिय रहेकि सुर्विको भिडियोहरुमा प्राय अकंल युवराज यादव र फुपुको छोरी ग्रिष्मा पौडेल संग देखिने गर्छिन । उनका भारत युपि विहार सम्मका टिकटक फ्यान रहेका छन १ भारतमा टिकटक माथि लगाईएको वन्देज भए यता उनका फ्लोवर्स र लाईक कमेन्ट न्यून भएका छन १ उनि भन्छीन म्युजिक भिडियो र फिल्ममा मौका पाए सबैभन्दा वेटर अभिनय गरेर मानिसलाई दंगपार्ने हिम्मत भएको बताउछिन । बाल कलाकार मार्फत अभिनय क्षेत्रमा अगाडि वढ्ने सपना लिएकी सुर्विको टिकटक आईडि २कगचदष्)कगकबलत रहेको छ । यस्ता प्रतिभालाई सबैको साथ र सहयोग रहेमा पक्कै पनी अउका आगामि यात्रा आशालाग्दा हुने छन् ।
ूटिकटकू एउटा सोशल मिडिया ऐप्लिकेसन हो । यो एप्लिकेसन बाट ज्ञान गुन , डान्स , कमेडीका सानातिना भिडियो बनाएर सेयर गर्न सकिन्छ । ुबाइट डान्सु कंपनी ले चीनमा सन २०१६ मा ुटिक(टकु लॉन्च गर्यो । त्येसपछि सन २०१८ सालमा ुटिक(टकु एप्लिकेसन को लोकप्रियता बढ्दै गयो अक्टूबर तिर अमेरिकामा सबै भन्दा धेरै डाउनलोड गरियो । विस्तारै एप्लिकेसन विश्व चर्चित बन्न पुग्यो । नेपालमा पनि यसको लोकप्रियता गाउँ होस या शहर जताततै छाएको छ ।

Leave A Reply

Your email address will not be published.