Jilla Ban Notis

नवलपरासीका विभिन्न स्थानमा बिभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाईयो ।

0 101

कृष्ण ढकाल
बर्दघाट,भदौं–२९

जिल्ला बाल सङ्गठन नवलपरासीले ५८ औँ राष्ट्रिय बाल दिवसको अवसरमा हरिशूशिल आधारभूत विद्यालयका बाल विकासमा अध्ययनरत बालबालिकालाई झोला तथा शैक्षिक सामाग्री बितरण गरिएको छ ।

बाल सङ्गठनका जिल्ला अध्यक्ष प्रितम पौडेलको अध्यक्षता र लिटिल एन्जल्स स्कुल परासीका प्राचार्य सुमन गोपाल अर्चायको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको थियो ।

हरिशूशिल आधारभूत विद्यालयका बाल विकासमा अध्ययनरत बालबालिकाहरूलाई ३५ थान झोला शैक्षिक सामाग्री बितरण गरिएको पौडेलले जानकारी दिनु भएको छ । रामग्राम नगरपालिकाको आर्थिक सहयोग र जिल्ला बाल संगठको अयोजनामा झोला कापी र कलम बितरण गरिएको बाल सङ्गठनका जिल्ला सचिव मोहन पौडेलले बताउनु भएको छ ।
कार्यक्रममा रामग्राम नगरकार्यपालिका सदस्य नानु खड्का क्षेत्री,हरिशूशिल आधारभूत विद्यालयका प्रधानाध्यापक तीर्थ ढुङ्गाना, लगायतले शुभकामना मन्तब्इ राख्नु भएकोे थियो ।

यता
बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकारू भन्ने मुल नाराक़ा साथ आज बर्दघाट नगरपालिकाले पनि राष्ट्रिय बाल दिवसको अवसरमा नगर स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न् गरेको छ ।
बाल दिवसका अवसरमा आयोजित बक्तृत्वकला प्रतियोगिता तथा नगरका सामुदायिक विद्यालयहरु तर्फ उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत सम्पन्न् भएको छ ।

उता
नगर बाल संजाल सुनवलको आयोजना तथा सुनवल नगरपालिकाको सहयोगमा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न् भएको छ ।

प्रतियोगितामा देवकोटा मा विका स्वप्निक्षा बराल प्रथम भएकी छन भने अन्नपूर्ण मा वि की सम्झना सुवेदी द्वितीय र लुम्बिनी मा वि की अपेक्षा ढकाल तृतिय हुन सफल भएकी छन । त्यसैगरी लोटस मा वि की आदर्शि भुषाल र ज्योति मा वि का समीर वि क सान्त्वना हुन सफल भएका छन ।

नगर बाल सन्जालकी अध्यक्ष लिकिस बुढाथोकिको अध्यक्षता र नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको थियो । बाल सन्जालका सचिव कला बस्याल र सुशान्त श्रेष्ठको संचालन रहेको उक्त प्रतियोगितामा बाल सन्जालका उपाध्यक्ष अन्जु खत्रि ले स्वागत मन्तव्य राख्नु र्भको थियो ।
कार्यक्रममा नगरप्रमुख बिमला अर्याल, प्रशासकिय अधिकृत भक्तिराम मरासिनि, सामाजिक विकास सम्योजक भगवती बस्याल लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

त्यस्तै पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले ५८ औं राष्ट्रिय बालदिवसको पुर्व सन्ध्यामा हिजो अर्थात मंगलवार नै निबन्ध प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामामा अमित कुमार धोबी प्रथम भएका छन् ।

राष्ट्रिय बालदिवसको अवसरमा सुस्ता गाउँपालिकाको आयोजना र एबिसी नेपालको सहयोगमा स्थानीय तहमा बालअधिकार र कर्तव्य शिर्षकमा निबन्ध प्रतियोगिता सम्पन्न् भएको थियो । जस्मा नेपाल राष्ट्रिय माध्यमिक बिधालय सुस्ता ४ नर्सहीका छात्र अमित कुमार धोबी प्रथम भएका हुन् ।

सुस्ता गाउँपालिका शिक्षा शाखाका प्रमुख चन्द्र बहादुर ठाडा मगरको अध्यक्षयतामा र सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायको प्रमुख अतिथ्यतामा भएको निबन्ध प्रतियोगितामा सुस्ता गाउँपालिका भित्र रहेका १७ वटा सामुदायिक बिधालयका २२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.