Jilla Ban Notis

नवलपरासीका युवाहरुद्धारा नेतृत्वलाई सामाजिक दवाव

0 11

सुनवल,भदौ–१५

पछिल्लो समय कोरोना संक्रमणको महामारी बढ्दै गएका बेला जिल्लामा नै कोरोना परीक्षण सहज गराउन, पिसिआर मेसिन सहितको ल्याव र भेन्टिलेटर सहितको आइसियु संचालन गर्नका लागि जिल्लाका सरोकारवाला निकायहरुलाई युवाहरुले निरन्तर दवाव दिइरहेका छन् । यस अघि युवाहरुले पिसिआर मेसिन जिल्लामा कहीले आउँछ ? भनि जिल्लाबाट नेतृत्व गरिरहेका संघिय तथा प्रदेश सांसद, राजनैतिक दलका प्रमुख, नगरपालिकाका प्रमुख तथा गाउपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालय, उद्योग वाणिज्य संघ र पत्रकार महासंघ लगायतका सरोकारवालाहरुलाई एस.एम.एस.द्धारा प्रश्न गरेका थिए ।
अभियान अन्र्तगत युवाहरुले आईतबारदेखि जिल्लाका सरोकारवालाहरुको आधिकारीक फेसबुक पेजमा ‘पिसिआर सहितको प्रयोगशाला भेन्टिलेटर सहितको आइसियू’ , ‘उपचार गर्न रुपन्देही, चितवन र काठमाडौं कहिले सम्म ?’, ‘एक घर एक पिसिआर’, लगायत दवावमुलक प्रतिक्रियाहरु दिएको युथ अफ नवलपरासी वेष्टका अभियान्ता अनुकुल रेग्मीले जानकारी दिनुभयो । यसैगरि जिल्लामा नै कोरोना परीक्षण सहज गराउन, पिसिआर मेसिन सहितको ल्याव र भेन्टिलेटर सहितको आइसियु संचालन गर्न जिल्ला प्रसासन कार्यालय पश्चिम नवलपरासीले छिटोभन्दा छिटो आवश्यक पहल चाल्न र आजै जिल्ला प्रसासनमा बस्ने सरोकारवालाहरुको बैठकमा उक्त निर्णय गरि सार्वजनिक गर्न माग गर्दै युवाहरुले एस.एम.एस पठाएको पनि उहाले बताउनुभयो । अभियान्ता रेग्मीका अनुसार आफुहरुको माग सम्बोधन नभए सम्म यो अभियान जारी रहने र यसलाई अझ शसक्त ढंगले अगाडि बढाइने बताउनु भएकोछ । जिल्लाका सवै युवाहरुलाई यस अभियानमा जोडिन पनि उहाले अनुरोध गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.