Jilla Ban Notis

नवलपरासीका प्रमुख जिल्लाअधिकारी तपाईको माक्स खै ? भन्दै बजारमा एका–एक आफै उत्रिए

0 23

गौरीशंकर जयसवाल

परासी १४ बैशाख
पश्चिम नवलपरासीमा कोरोना भाईरसको संक्रमण बढन थालेपछि प्रमुख जिल्ला अधिकारी बजारमा तपाईको माक्स खै ?भन्दै सर्बसधारणलाई सचेत गराएका छन । प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्राले तपाई माक्स खै ? भन्दै बजारमा एक एक आफै उत्रिएका हुन ।
मिश्राले जसले माक्स लगाएको छ्रैन त्यो व्यक्तिलाई आफै माक्स बितरण गरेका थिए । उनले जिल्लाको रामग्राम नगरपालिका सुनवल नगरपालिकाको बजारमा रहेको बैक र सार्वजनकि यातयातामा यात्रुहरुलाई माक्स लगाउन र माक्स नलगाएको व्यक्तिहरुलाई माक्स बितरण गदै सबै माक्स लगाएर यात्रा गर्न अनुरोध समेत गरे ।

उनको अनुसार कोरोना भाइरसको दोस्रो लहर बढ्न थालेपछी बिशेष काम बाहेक घुमघाम नगर्न अग्रह गदै बाहिर निस्कीदाँ स्वास्थ्य मापदण्ड अनाएर मात्र बाहिर निस्कान पनि अनुरोध गरिएको मिश्राले बताए । बजार बन्द नगर्ने व्यापारीहरुलाई बजार बन्द गरिदिनु अनुरोध गदै आनवश्यक भिडभाड नगराउनु समेत उनले अग्रह गरेका थिए ।
माक्स नलाएर बाहीर बेकामले घुमफिर गर्ने लाई कोभिड १९ रोग ऐन अन्तर्गत दण्ड जरिवाना समेत लगाउने र माक्स नगाउने व्यक्तिलाई एक सय देखी पाँच सय सम्म जरिवान गरिने मिश्राले बताए ।

उनले अब काम नभएर पनि चिया खाने बहानामा बाहिर आनाश्वय रुपमा निस्कने घुम फिर गर्न व्यक्तिहरुलाई तपाई के कामले बाहिर निस्काउनु भएको ? भन्दै अभियान चलाउने समेत मिश्राले जनाकरी दिए ।
रामग्राम नगरपालिकाका मेयर नरेन्द्र गुप्ताले घरबाहिर निस्कदाँ स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेमात्र बाहीर निकस्न सबै नगरवासीहरुलाई अग्रह गरेका थिए ।

दोस्रो लहरको रुपामा फैलन थालेको कोरोना भाइरसको नेपालमा पनि संक्रमण बढ्दै गएकाले यसबाट बच्नको लागि नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सुनवल नगरप्रमुख थापाले आग्रह गरेको छन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसी,सशस्त्र प्रहरीबेलासपुरका सशस्त्र प्रहरी उपरीक्षक महेश अधिकारी उधोग बाणिज्य संघ, नवलपरासीका अध्यक्ष केशव भन्डारी, सुनवल उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कर्मचार्य पत्रकार सहित बजार परिक्रमा सहित माक्स प्रयोग नगरेका नागरिकलाई माक्स बितरण गर्दै, बजार बन्द समेत गरेका थिए । कुनै कार्यक्रममा २५ जना भन्दा बढी सहभागी हुन नपाइने पनि प्रशासनले सर्बजनबि सुचना जारी गरेको छ ।

Leave A Reply

Your email address will not be published.