Jilla Ban Notis

नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था सुनवल शाखाको २२ औ बार्षिक साधारणसभा सम्पन्न। 

0 90

पुरन अधिकारी

सुनवल , पुस १३

नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लि. नवलपरासी सुनवल शाखाको २२ औ बार्षिक साधारणसभा कृष्णधाम सुनवल ४ रमवापुरमा सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद चौधरीको अध्यक्षता तथा सुनवल नगरप्रमुख भिमबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले महिला समुहले उत्पादनशिल क्षेत्रमा कार्य गरि आफै रोजगारीको सिर्जना गर्न सक्नुपर्ने बताउनुभयो । उहाले सहकारीहरुले सेयर सदस्यहरुलाई उत्पादन र घरेलु सिप तर्फका कार्यक्रम ल्याउनुपर्ने र त्यसका लागि नगरपालिकाले सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनुभयो । नगरप्रमुख थापाले समुहले उत्पादन गरेका कृषिजन्य बस्तुहरु आफै उपभोक्ता समक्ष पुराउन सके बिचौलियाबाट हुने मुनाफा पनि स्वयम आर्जन गर्न सकिने धारणा राख्नुभयो । यसैगरि कार्यक्रमका बिशिष्ठ अतिथि जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष बिष्णुप्रसाद पौडेलले सहकारीहरुकै लगानिमा सुनवल २ मा निर्माणाधिन शित भण्डारमा उत्पादित कृषि जन्य बस्तु भण्डार गरि लाभ लिन शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा अध्यक्षको प्रतिवेदन संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद चौधरी , कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष कौषिला सापकोटा र लेखा समितिको प्रतिवेदन लेखा सदस्य टिका काफ्लेले प्रस्तुत गर्नुभएको थियो ।सो अवसरमा सुनवल वडा नं ४ का वडा अध्यक्ष बिर बहादुर गुरुगं, कार्यपालिकासदस्यहरु रमा ढकाल, बालकृष्ण पंगेनी , गुन बहादुर थापा, देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछाने , संस्थापक अध्यक्ष राम प्रसाद काफ्ले , उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य , रेडक्रस सोसाइटि सुनवलका सभापति गोपाल प्रसाद शर्मा, जिसन नवलपरासीका अध्यक्ष धनराज चापागाई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा जेष्ठ नागरिक , उत्कृष्ठ महिला समुह र उत्कृष्ठ नतिजा ल्याउने शेयर सदस्यका छोराछोरिलाई सम्मान गरिएको थियो । नवलपुर, पश्चिम नवलपरासी, रुपन्देहि , चितवन र पाल्पा गरि ५ जिल्लामा १४ वटा शाखा रहेको यस सहकारी सस्थाको केन्द्रिय कार्यालय मध्यबिन्दु १० अरुणखोलामा रहेको छ । कुल ३३ हजार शेयर सदस्य आवद्ध रहेको यस सहकारी सस्थामा सुनवल शाखामा मात्र १ हजार ३९ जना शेयर सदस्य रहेका छन् । यसैगरि कुल ११ करोड शेयर पुजि रहेको यस सस्थाले आव २०७५÷७६मा कुल ५ करोड २८ लाख ८० हजार २ सय ८५ नाफा आर्जन गर्न सफल भएको छ । यहि पुष १२ गते देखि २८ गते सम्म १४ ओटै शाखाको क्षेत्रगत बार्षिक साधारणसभा गर्ने कार्यक्रम रहेको संस्थापक अध्यक्ष राम प्रसाद काफ्ले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.