Jilla Ban Notis

नवजिवन मावी बर्दघाटको बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न्

0 44

बर्दघाट,फागुन–२३
नवजिवन मावी बर्दघाट–४,बाढिपिडितको ३९ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस आइतबार सम्पन्न भएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिलाराम चालिसेको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले सामुदायिक विदयालयहरुले पछिल्लो समय गुणस्तरिय शिक्षा प्रदान गरिरहेको बताउदै विद्यालयहरुले विद्यार्थीको संख्यात्मक भन्दा गुणस्तरिय र ब्यवारिक शिक्षामा ध्यान दिनुपर्ने बताउनु भयको थियो ।
उहाँले नेपालको नयाँ नक्शा सहितको पाठ्यक्रम आगामी शैक्षिक सत्र देखी लागु गर्ने सरकारले तयारी थालेको जानकारी दिदै प्रदेश सरकारले शिक्षामा पर्याप्त लगानी गरिरहेको र सबै बालबालिकाहरुलाई विदयालयको पहुँचमा पुर्याउने लक्ष्यका साथ काम गरिरहेको बताउनुभयो ।


कार्यक्रममा बर्दघाट शिक्षा शाखा प्रमुख ईन्द्र बहादुर कुवंर, बर्दघाट वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमाल, विद्यालयका सस्थापक प्र.अ. युवराज भण्डारी, पुर्व अध्यक्ष मञ्जु चालिसे, पुर्व शिक्षक अभिावक संघका अध्यक्ष कृष्ण प्रसाद ढुंगाना, सरस्वती मावी कुञ्जनपुरका प्र.अ. सोमनाथ अधिकारी, लगाएको उपस्थिती रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्र.अ. अर्जुन पौडेलले विद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । शिक्षक अभिभावक संघका शिक्षक प्रतिनिधि बुद्धिमाया अधिकारीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षकद्धय मेघराज अधिकारी र शिक्षिका खेमकला सुवेदीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.