Jilla Ban Notis

नरमति तथा रुकबहादुर स्मृति खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि मैत्रि युवा क्लवलाई । 

0 13

पुरन अधिकारी,२३ पुस

नवलपरासीको सुनवलमा गत पुष २ गते देखि संचालित नरमति तथा रुकबहादुर स्मृति खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि मैत्रि युवा क्लव रुपन्देहिले चुमेको छ । मैत्रि युवा क्लव रुपन्देहि र सुर्य युवा क्लव सुनवल ८ नवलपरासी बिच भएको फाइनल खेलमा १ का बिरुद्ध २ गोल गर्दै मैत्रि युवा क्लव बिजय भएको हो । प्रतियोगितामा बिजय हुने मैत्रि युवा क्लवले नगद रु ५० हजार ५सय ५५ सहित ट्रफि प्रमाणपत्र प्राप्त गरेको छ । यसै गरि प्रतियोगिताको उपबिजेता बनेको सुर्य युवा क्लवले नगद रु  ३३ हजार ३ सय ३३ संगै ट्रफि प्रमाणपत्र प्राप्त गरेको छ । तमु समाज सुनवल वडा नं १०को आयोजनामा गैडाखालको खेलमैदानमा सो प्रतियोगिता संचालन भएको हो । समाजका अध्यक्ष बलराम सिगं गुरुगंको अध्यक्षतामा भएको आजको समापन कार्यक्रमका प्रमुख अतिथि सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापा रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले खेलाडीको मनोबल उच्च गरि काम गर्न सकेमात्र राष्ट्रको नाम राख्न सकिने बताउनुभयो । उहाले खेलाडी रहे मात्र खेल रहनेमा जोड दिनुभयो । प्रतिकुल मौसमका बाबजुद पनि कार्यक्रममा सहभागि भएकोमा उपस्थित खेलपे्रमीलाई धन्यबाद दिनुभएको थियो । सो अवसरमा बिशिष्ठ अतिथिहरु सुनवल वडा नं १०का वडाध्यष शेषकान्त अधिकारी , प्रथम पुरस्कार दाता राम बहादुर गुरुगं, बिभिन्न संघसस्थाका प्रतिनिधि खेलप्रेमिहरुको उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.