Jilla Ban Notis

नयाँ वर्षमा नयाँ जोश,जाँगर र उत्साहका साथ नमूना गाउँपालिका बनाउन सबैलागौं ः अध्यक्ष चौधरी

0 23

परासी ३१ चैत्र
सरावल गाउँपालिका कर्मचारी मिलन केन्द्र पश्चिम नवलपरासीको आयोजनमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नयाँ बर्ष २०७८ सालको अवसरमा जनप्रतिनिधि र कर्मचारीहरूबिच शुभकामना आदानप्रदान कार्यक्रम सरावल गाउँपालिकाको कार्यालयको प्रगडमा आज सम्पन्न भएको हो ।सरावल गाउँ पालिकाको कर्मचारी मिलन केन्द्र कर्मचारीका अध्यक्ष नरेश कोहारको अध्यक्षयता तथा

गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यतमा भएको कार्यक्रम सो अवसरमा बोल्दै चौधरीले सबैले आफ्नो जिम्मेवारी बुझेर नयाँ वर्षमा नयाँ जोश,जाँगर र उत्साहका साथ लागेमा नमूना गाउँपालिका बनाउन सकिने विचार व्यक्त गरेका थिए ।

उनले संघीयताको अनुभूति हुने गरि कार्यक्रम ,बजेट र नीति बनाउने भएकोले त्यसलाई कार्यान्वयन र सफल बनाउन कर्मचारीको ठूलो भूमिका रहने बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै जनप्रतिनिधि र कर्मचारीबीच नङ र मासुको सम्बन्ध रहेकोले सबै मिलेर समृद्धि ल्याउनुपर्ने बताए । जनप्रतिनिधिले बनाएका नीति,प्रतिवद्धता कर्मचारीले पूरा गर्ने उनले प्रतिवद्धता जनाएका थिए ।
आगामी दिनमा सरावल गाउँपालिकाका जेष्ठ नागरिकसँग कर्मचारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्दै त्यसका लागि आफूले दुई प्रतिशत तलब योगदान गर्ने घोषणा गरेका थिए
कार्यक्रममा सरावल( १ का वडाध्यक्ष भेषनारायण चौधरी, वडा नं ४ का अध्यक्ष छोटेलाल यादव,वडा नं ५ का अध्यक्ष दिनेश केवट,वडा नं ६ का अध्यक्ष कैलाश यादव, कार्यपालिका सदस्य छिमादेवी चौधरी , कर्मचारी मिलन केन्द्रका उपाध्यक्ष सन्तकुमारी चौधरी, सचिव प्रेम बहादुर थापा,डोल्मा लामा,स्वास्थ शाखाका खेमनारायण खनाल,वडा नं ४ का सचिव अशोक पाण्डे लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.