Jilla Ban Notis

नगर स्थापना दिवसको अवसरमा तेस्रो मेयरकप फुटवल प्रतियोगिता हुने ।

0 19

दिपक खनाल

सुनवल,११ फागुन
नवलपरासीको सुनवलमा यहि फागुन १६ गते शुक्रबारदेखि तेस्रो मेयरकप फुटवल प्रतियोगिता संचालन हुने भएको छ । सुनवल नगरपालिकाको तेस्रो नगर स्थापना दिवसको अवसर पारेर बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि तेस्रो मेयरकप फुटवल प्रतियोगिता आयोजना गरिएको खेल संयोजक एवं सुनवल नगरपालिका वडा नं १२ का वडाध्यक्ष यमलाल पाण्डेले जानकारी दिनुभएको छ ।  नगरकार्यपालिकाको सभाहलमा सम्पन्न मेयरकप फुटवल प्रतियोगिता संचालन समितिको पहिलो बैठकले फागुन १६ देखि २६ गते सम्म प्रतियोगिता संचालन गर्ने निर्णय गरेको संयोजक पाण्डेले बताउनुभयो । प्रतियोगिताको संचालन भने राइजिङ स्टार सामुदायिक बिकास प्रतिष्ठान सुनवल १२ भुमहिले गर्ने नगरपालिकाले जनाएको छ । प्रतियोगितामा सुनवल नगरपालिकाका १३ वटै वडाबाट एक एक फुटवल टिम गरि जम्मा १३ वटा टिम सहभागि रहनेछन् । बुधबार अपराह्न ४ बजे सम्म टिम दर्ता गर्न सकिने छ । सहिद स्मृति रंगशाला सुनवल १३ को खेल मैदानमा संचालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख, दोस्रो हुने टिमले ६० हजार र तेस्रो हुने दुई टिमले क्रमश १५/ १५ हजार प्राप्त गर्ने खेल समितिका सदस्य सचिव दिपक तिवारीले बताउनुभएको छ ।  मेयरकप फुटवल प्रतियोगिता संचालन व्यवस्थापनका लागि गठित समितिमा सुनवल नगरपालिका वडा नं ३ का वडाध्यक्ष कर्ण बहादुर शेन, वडा नं ४ का वडाध्यक्ष बिरबहादुर गुरुगं, ५ का वडाध्यक्ष थमनसिह नेपाली, ११ का वडाध्यक्ष देबिलाल डुमे्र, र कार्यपालिका सदस्य अर्जुन सुनार, गौमाया गुरुगं सदस्य रहनुभएको छ । सुनवल नगरपालिकाले आफ्नो तेस्रो स्थापना दिवस बिबिध कार्यक्रम सहित मनाउदै छ ।

Leave A Reply

Your email address will not be published.