Jilla Ban Notis

नगर स्तरीय शिक्षक भलिबल प्रतियोगितासंगै शिक्षक र पत्रकारहरु विच पनि मैत्रिपूर्ण भलिवल खेल सम्पन्न् ।

0 37

कृष्ण ढकाल
बर्दघाट,पौष–१९
बर्दघाटमा रहेको न्यू लाईफ मा वि ले आफ्नो रजत महोत्वसको अवसर पारेर आयोजना गरेकोे नगर स्तरीय शिक्षक भलिबल प्रतियोगितामा कुमुदिनी आवाशिय माध्यमिक विद्यालय बर्दघाट –४ प्रथम हुदै ७ हजार नगद सहित मेडल र प्रमाण पत्र हात पार्न सफल भएको छ । फाईनल खेलमा कुुमदिनीले बुद्धमंगल मावि बर्दघाट–१२ धनेवा लाई २५–१२ र २५–२१ को अन्तरले पछिपार्दै कुमुदिनी प्रथम बन्न सफल भयो भने बुद्धमंगल मावि बर्दघाट–१२ भनेवाले दोश्रो स्थानमै सिमित हुदै ५ हजार नगद मेडल र प्रमाण पत्रमा चित्त बुझाएको थियो । यस्तै तृतिय स्थानको लागि भएको खेलमा एक्स आर्मी पब्लिक स्कूल बर्दघाट र दाउन्ने देवि माध्यमिक विद्यालय बर्दघाट विचको खेलमा दाउन्ने देविले २५—१८, २२—२५ र २५—१७ अंक लिएर तृतिय बन्दै ३ हजार नगद सहित मेडल र प्रमाण पत्र हात पार्न सफल भएको छ । भलिबल प्रतियोगितामा बर्दघाट नगरभित्रका ८ वटा विद्यालयले भाग लिएका थिए ।
त्यसैगरी शनिवार नै आयोजक विद्यालयका शिक्षक र पत्रकारहरु विच पनि मैत्रिपूर्ण भलिवल खेल सम्पन्न् भएको छ । शिक्षक र पत्रकारहरु विच भएको निक्कै कडा खेलमा २२—२५, २५—२१ र १५—९ को अन्तरले प्रत्रकारलाई पछाडी पार्दै शिक्षकहरुले जित हासिल गर्न सफल भएका थिए । नगर स्तरीय शिक्षक भलिबल प्रतियोगितामा प्याप्सनका केन्द्रीय सदस्य सुर्वण न्यौपाने,जिल्ला अध्यक्ष ईन्द्र गुरुङ्ग, विद्यालयका अध्यक्ष लाल बहादुर अधिकारी संचालक डि.वि. अधिकारी,थम अधिकारी र प्रधानाध्यापक सन्तोष अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.