Jilla Ban Notis

नगर सरसफाई र फोहर बर्गीकरण अभियानले सार्थकता पाउदै ।

0 106

कृष्ण ढकाल
बर्दघाट,माघ–७
बर्दघाट नगरपालिकाले शुरु गरेको नगर सरसफाई र फोहर बर्गीकरण अभियानले सार्थकता पाउदै गएको छ । अहिले नगरका हरेक विद्यालयहरुमा समेत सरसफाई अभियान संचालन हुन थालेको छ भने नगरका सबै बजार विकास समितिहरु , खानेपानी तथा सरसफाई उपभोक्ता संस्था,टोल विकास समितिहरुले समेत सरसफाई अभियानलाई साथ दिएका छन् ।

नगरपालिकाले शुरु गरेको सरसफाई अभियान अन्र्तगत आज नगर प्रमुखको नेतृत्वमा पञ्चनगर क्षेत्रमा र उप प्रमुखको नेतृत्वामा बाढी पिडित क्षेत्रमा सरसफाई अभियान संचालन भएको थियो । त्यसैगरी जिमिरेभार क्षेत्रमा पनि सरसफाई अभियान संचालन भएको थियो ।

यसरी नगरका हरेक स्थानवाट हरेक शनिवार नगर सरसफाई अभियान संचालन भएसंगै २०७९ साल माघ १ गते देखि शुरु गरेको फोहर बर्गीकरण अभियानलाइ समेर्त बर्दघाट नगरपालिकाले संगसंगै अघि बढाएको छ ।

नगरक्षेत्रवाट उत्पादनहुने फोहरको स्रोतबाटनै बर्गीकरण गरी उचीत ब्यवस्थापन गर्ने गरी उक्त अभियान संचालन भएको हो । नगरका कोहि कसैले आनाकानी तथा आलटाल गर्ने र अवरोध गरे तत्काल नगरवाट दिने उसको सेवा अवरोध गर्ने र प्रचलीत कानुन बमोजीम ५ हजार देखि १ लाख सम्म कार्वाही गर्ने गरी फोहर बर्गीकरण अभियानलाई अघि बढाईएको छ ।

फोहर ब्यवस्थापनको अभियान शुरु गर्नु पूर्व नगरक्षेत्रमा माईकिङ्ग गर्ने र नगरवासीहरुलाई जानकारी गराउने देखि स्थानिय संचार माध्यामवाट पूर्णरुपमा सुचना प्रवाह समेत गरीएको छ । त्यसैगरी फोहर उठाउने गाडीमा कुहिने र नकुहिने फोहरको ब्यानर लगाएर सोहि अनुसार फोहर उठाउने कार्यको शुरुवाद समेत भएको छ ।

Leave A Reply

Your email address will not be published.