Jilla Ban Notis

नगर प्रमुखको संयोजकत्वमा ११ सदस्य स्थानिय विपत ब्यवस्थापन समिति गठन

0 38

कृष्ण ढकाल
बर्दघाट,साउन–४
बर्दघाट नगरपालिकाको स्वास्थ्य संकट एवं विपत पूर्व तयारी तथा प्रतिकार्य योजना निमार्णका लागि परामर्श तथा कार्यशाला गोष्ठी सम्पन्न् भएको छ ।

बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर कार्यपालिका सदस्यहरु,वडाध्यक्षहरु,नगर शाखाका प्रमुखहरु,नगरका राजनितिक दलका प्रमुख,विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगाएतको सहभागिता रहेको थियो ।

बर्दघाट नगरपालिकाको स्वास्थ्य संकट एवं विपत जोखिम ब्यवस्थापनको अवस्थाका वारेमा योजना निमार्ण गरेसंगै नगर प्रमुखको संयोजकत्वमा ११ सदस्य स्थानिय विपत ब्यवस्थापन समिति गठन समेत गरीएको छ ।

भैपरि आउन सक्ने कुनै पनि आपत ,विपत र प्रकोप लगाएतका घट्नाहरुको उचीत ब्यवस्थापनका लागि स्थानिय विपत ब्यवस्थापन समितिले कार्य गर्ने छ । जस्मा नगरका सरोकारवाला संघ संस्थाहरु देखि पत्रकार सम्मको सहभागिता रहने गरी स्थानिय विपत ब्यवस्थापन समिति गठन भएको छ ।

यो पनि पढ्नुस् । जानीराखे राम्रो

मृगौला प्रत्यारोपण गरेका,डायलाइसिस गरिरहेका,क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचार बापत खर्चउपलब्ध गराउने सम्बन्धी कार्यविधि , २०७८

स्वीकृत मिति २०७८/१२/१३

नेपाल सरकार ( मा . मन्त्री स्तर )

परिच्छेद २

औषधि उपचार बापत खर्च प्राप्त गर्ने प्रक्रिया

३. निवेदन सम्बन्धी व्यवस्थाः यस कार्यविधि बमोजिम औषधि उपचार बापत खर्च पाउनका लागि राष्ट्रिय परिचय पत्र नम्बर वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि , नाबालकको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपी , अनुसूची –१ बमोजिमको ढाँचामा चिकित्सकको सिफारिस , मेरूदण्ड पक्षघातको हकमा अपाङ्गता सम्बन्धी प्राप्त गरेको रातो वा नीलो कार्डको प्रतिलिपि सहित सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा अनुसूची –२ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।

४. लाभाग्राहिले पाउने औषधि उपचार वापत खर्चः नेपाल सरकारले तोकेको मासिक पाँच हजार रुपियाँका दरले त्रैमासिक रूपमा महिनाको अन्तिम दिन स्थानीय तहले लाभग्राहीको बैंक खातामा जम्मा गर्नेछ । नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्था वा संगठन संस्थाबाट रोजगारी ÷ निवित्तिभरण वा बिदेशी सरकारबाट रोजगारी / पेन्सन प्राप्त गरिरहेको ब्यक्ति लिए यस निर्देशिका बमोजिम मासिक वित्ति उपलब्ध गराईने छैन । त्यसगरी नेपाल सरकारबाट उपलब्ध गराईदै आएको ज्येष्ठ नागरिक भत्ता , एकल महिला भत्ता , दलित भत्ता , पिछडीएको भत्ता , अपांग भत्ता लगायत नेपाल सरकारबाट साबिकमा पाई आएको सामाजिक सुरक्षा भत्ता वा यस निर्देशिका बमोजिम उपलब्ध गराईने मध्ये कुनै एक किसिमको भत्ता / मासिक वृत्ति मात्र प्राप्त गर्न सक्नेछन् । त्यसैगरी यसै कार्यविधिमा उल्लेखित एकभन्दा बढी रोग लागेका व्यक्तिले दोहोरो गर्ने गरी यस किसिमको भत्ता प्राप्त गर्ने छैनन् ।

५. बजेट व्यवस्थाः मन्त्रालयले सम्बन्धित स्थानीय तहबाट अनुसूची –३ अनुसारको ढाँचामा भुक्तानी भएको रकमको विवरण पेश गरेको आधारमा अर्ध – वार्षिक रुपमा शोधभर्ना गर्नेछ ।

६. नवीकरणः लाभग्राहीको सूची प्रत्येक आ.व.को शुरुमा सम्बन्धित वडा कार्यालयले नबिकरण गर्नुपर्नेछ ।

Leave A Reply

Your email address will not be published.