Jilla Ban Notis

नगरवासीको जीवन रक्षाका लागी कुनैपनि कसर बाँकी राख्दिन ः– नगर प्रमुख थापा

0 46

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१९
बिश्वब्यापी महामरीको रुपमा फैलिएको कोभिड–१९ को सम्भाबित संक्रमणको जोखिम रोकथाम एबम् नियन्त्रणका लागि यतिवेला सबैले आ–आफ्नै तरीकाले सावधानी अपनाउदै आएका छन् । त्यसैगरी सबै पालिकाहरुले पनि आफु सक्दो प्रयासहरु गरी नै रहेका छन् ।
नवलपरासीको सुनवल नगरपालिका र बर्दघाट नगरपालिकाले जिल्लामा सबै भन्दा बढी प्रभावकारी ढंगले आफ्नो नगरका कोरोना संक्रमित विरामीहरुलाई सहज स्वास्थ्य सेवा प्रदान गर्नका लागि सोही अनुसारको आईसोलेसन निमाणर््ा गरेका छन् ।

सुनवल नगरपालिकाले संचालन गरेको आइसोलेशनमा बिभिन्न सामाजिक तथा ब्यवसायिक संघ संस्थाहरुले निक्कै सहयोग गरेका छन् । आईसोलेसनमा आवश्यक मेडिकल उपकरण र स्वास्थ्य सुरक्षाका सामाग्री विभिन्न उद्योग तथा संघ(संस्था मार्फत सहयोग भएससङ्गै सुनवल नगरको आईसोलेसन जिल्लाभित्रै मिनि एचडीयु सहितको उपचार सुबिधा उपलब्ध आईसोलेसन बन्न सफल भएको सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा भरतले बताउनु भएको छ ।

सुनवल नगरपालिकाको अस्थायी कोरोना अस्पताल अर्थात आईसोलेसन सेन्टर सञ्चालनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले मात्रै १ करोड ३० लाख रुपैयाँ भन्दा बढि आर्थिक तथा मेडिकल उपकरण सामाग्री सहयोग गरे गरी सकेको नगर प्रमुख थापाले बताउनु भयो ।

नगरप्रमुख थापाले नगरवासीको जीवन रक्षाकालागी कुनैपनि कसर बाँकी नराखिएको बताउनु भएको छ । आवश्यक पर्दा रातको १२ बजे पनि जनताको दैलोमा मेडिकल टिम पठाउने गरेको बताउदै नगरप्रमुख थापाले नगरपालिकाले सम्पुर्ण शक्ती, स्रोत र साधन कोभिड नियन्त्रणमा लगाएको बताउनु भयो । उहांले चौविसै घण्टा निःशुल्क एम्बुलेन्स र चिकित्सक सहितको मेडिकल टिम नगरवासीको सेवामा तयार राखिएको पनि बताउनु भयो ।

केहिदिन अधिमात्र नगर क्षेत्र भित्र रहेका बैंक , बिमा कम्पनी र सहकारीहरुमा कार्यरत कर्मचारीहरुबाट अक्सिजन सिलिन्डर रिफिल गर्ने कार्यका लागि ११ हजार ५ सयको चेक तथा २२ थान पिपि सेट ,५० थान फेसशिल्ड ,१ हजार पिस सर्जिकल मास्क ,सर्जिकल ग्लोबल ,सेनिटाईजर लगाएतका स्वास्थ्य सामाग्रीहरु सहयोग प्राप्त भएको नगर उप–प्रमुख दधिराम अर्यालले बताउनु भएको छ ।


सहयोगकेै क्रममा युनाइटेड मिसन टु नेपाल को आर्थिक सहयोग एवम् सुनवल सामुदायिक बिकास केन्द्रकी अध्यक्ष सपना अधिकारी थापाको समन्वयमा १, लाख ६ हजार ६ सय ३५ रुपैया बराबरको स्वास्थ्य सुरक्षा सामाग्री तथा उपकरणहरु सुनवल नगरपालिकालाई हस्तान्तरण गरिएको नगर उप–प्रमुख अर्यालले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.