Jilla Ban Notis

नक्कली जग्गाधनी बनेर आएका काठमाण्डौंका मनोज कुमार श्रेष्ठ प्रहरी नियन्त्रणमा

0 15

हरि शर्मा
परासी,कात्तिक २१
नक्कली लालपूर्जा बनाएर जग्गा रोक्का गर्न आएका एकजना बिहीबार पश्चिम नवलपरासीको परासीस्थित मालपोत कार्यालयबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा नक्कली जग्गाधनी बनेर आएका काठमाण्डौं महानगरपालिका–७ का मनोज कुमार श्रेष्ठ छन् । उनीसँगै आएका एनआईटी बहुउद्देश्यि सहकारी संस्था सामाखुसी काठमाण्डौंका सहकारी प्रतिनिधि शुभराज पौडेललाई अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा सहकारी नै पीडित देखिएकाले पौडेललाई छाडिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नायब उपरीक्षक राजु लामाले बताउनुभयो ।नक्कली जग्गाधनी श्रेष्ठले साविक स्वाठी गाविस–६ ९हाल सुनवल नगरपालिका० को ६ ‘क’ कित्ता नं। ४३० को ८ कट्ठा १५ धुर र कित्ता नं।११७ को २ कट्ठा ९ धुर गरी कुल ११ कठ्ठा ४ धुर जग्गाको नक्कली लालपूर्जा बनाएर ठगी गर्ने प्रयास गरेका थिए ।

उक्त जग्गा स्वाठीका शेखहरी सुवेदी र चेतराम गैरेको नाउँको रहेको मालपोत कार्यालयका प्रमुख बेलप्रसाद भण्डारीले जानकारी दिनुभयो । कार्यालयको छापसहित तत्कालीन कार्यालय प्रमुख र फाँटवालाको दस्तखत समेत नक्कली पाइएपछि पक्राउ गरेर प्रहरीलाई बुझाइएको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.