Jilla Ban Notis

दोस्रो सुस्ता अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

0 48

श्याम थापा
सुस्ता १४ फाल्गुन

दोस्रो सुस्ता अध्यक्ष कप फुटबल प्रतियोगिता आज बाट पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित नर्सहीमा सुरु भएको छ । सुस्ता गाउँपालिका कार्यालयको आयोजनामा र एकता युवा क्लब नर्सही ,जर्लैया युवा क्लब जर्लैयाको सयुक्त व्यवस्थापनमा भइरहेकोे दोस्रो सुस्ता अध्यक्ष कप २०७८ फुटबल प्रतियोगिताको एक कार्यक्रम गरि समुद्द्घाटन गरिएको छ ।

प्रतियोगिताको समुद्द्घाटन सुस्ता गाउँपालिका कार्यालयको अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षयतामा र लुम्बिनी प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार अधिकारीको प्रमुख अतिथ्यतामा भएको हो ।

फुटबल प्रतियोगिता समुद्द्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार अधिकारीले नवलपरासी जिल्ला खेलाडीहरु उत्पादन गर्ने भुमि रहेको बताएका छन् । साथै लुम्बिनी प्रदेश सभा सदस्य माननीय अधिकारीले खेलाडीहरु भनेको राष्ट्रको गहना हो खेलाडीहरुले जसरी खेलमा नियम पुर्वक खेल्छन् ,हो त्यसैगरि राजनीतिकमा पनि राजनीतिक नेताहरुले नियम पुर्वक रहेर आफ्नो कार्य गरेर अघि बढ्ने हो भनी राष्ट्रले पनि कोल्टे फेर्ने जिकिर गरेका छन् भने खेललाई एउटा् व्यवसायको रूपमा अघि बढाउन जरुरी रहेको उनले बताए ।

त्यस्तै फुटबल प्रतियोगिता समुद्द्घाटन कार्यक्रम अध्यक्ष एवं सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले बोल्दै सुस्ताले युवाहरूलाई बिदेश पलायन हुन बाट रोक्नको लागी खेलकुद तथा विभिन्न युवा रोजगार कार्यक्रमहरु अघि बढाएको र सुस्ता गाउँपालिकाले खेलमा लगानी गरेर राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेको बताए ।

प्रतियोगिता उद्द्घाटनको पहिलो दिन नव युवा क्लब बर्दघाट १६ सुर्यनगर र आयोजक सुस्ता ११ बिच भएको थियो । नव युवा क्लब बर्दघाट १६ सुर्यनगर र आयोजक टिम सुस्ता ११ बिछ भएको उद्द्घाटन खेलमा नव युवा क्लब बर्दघाट १६ सुर्यनगरले सुस्ता ११ को गोल पोस्टमा गोल प्रहार गरि १ शुन्यको अन्तरमा बिजयी प्राप्त गरेको छ ।

सो फुटबल प्रतियोगिता समुद्द्घाटन कार्यक्रममा सरावल खेलकुद बिकास समितिका अध्यक्ष महेन्द्र चौधरी,मदन भण्डारी स्पोर्ट्स एकाडेमीका केन्द्रिय सदस्य डा.सुबास चन्द चौधरी र सुस्ता गाउँपालिकाकी उपाध्यक्ष इन्द्र कुमारी थरुनीले खेलकुद सम्बन्धि आ आफ्नो धारणा व्यक्त गरेका थिए भने प्रतियोगिता समुद्द्घाटन कार्यक्रममा स्वागत मन्तव्य सुस्ता गाउँपालिका वार्ड न ४ का वडा अध्यक्ष अशोक कुमार गुरुङ्गले गरेका थिए भने कार्यक्रमको संचालन सुस्ता गाउँपालिका कार्यालयका योजना तथा प्रशासन प्रमुख बिष्णु प्रसाद ढकालले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.