Jilla Ban Notis

देवानी संहिता र फौजदारी संहिता सम्वन्धि दुई दिने अनुृशिक्षण कार्यक्रम बर्दघाट–२,चिसापानीमा सम्पन्न ।

0 15

कृष्ण ढकाल
बर्दघाट,फागुन–३
देवानी संहिता र फौजदारी संहिता सम्वन्धि दुई दिने अनुृशिक्षण कार्यक्रम बर्दघाट–२,चिसापानीमा सम्पन्न भएको छ । बर्दघाट नगरपालिका वडा नंम्वर २ को आर्थिक सहयोगमा दिब्य शक्ति आमा समुहले सो अनुशिक्षण कार्यक्रम सम्पन्न् गरेको हो । बर्दघाट नगरमा नै पहिलो पटक आयोजना गरीएको उक्त देवानी संहिता र फौजदारी संहिता सम्वन्धि अनुृशिक्षण कार्यक्रममा दिब्य शक्ति आमा समुह चिसापानीका ४२ जना महिलाहरुको सहभागिता रहेको थियो । २ नं.वडाकार्यलयले महिला शक्तिकरणका लागि आयोजना गरेको अनुशिक्षण कार्यक्रममा स्रोत ब्यक्तिका रुपमा भूपेन्द्र खनाल रहनु भएको थियो । शुक्रवारवाट शुरु भएको उक्त अनुशिक्षण कार्यक्रमको शनिवार एक कार्यक्रमका विच समापन गरीएको छ । दिब्य शक्ति आमा समुहकी अध्यक्ष शान्ति पोखरेलको अध्यक्षता र वडा नं. २ की वडाध्यक्ष दया दर्लामीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम समापन गरीएको थियो । समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष दर्लामीले महिलाहरु अझैपनि घरको काममा मात्र अग्रसरहुने तर समाजका कुनै पनि कामहरुको नेतृत्व लिन र सहभागिता जनाउन पछिहटेका कारण कतिपय कानुनी कुराहरुमा समेत जानकारी नभएको अवस्थामा यो तालीम पक्कै पनि फलदायि भएको बतानु भयोे । यस अघि हिजो भएको कार्यक्रमको समुद्घाटन कार्यक्रम बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्यालको प्रमुख आतिथ्यता र उप प्रमुख माया देवि पौडेलको विषेश आतिथ्यतामा भएको थियो ।

Leave A Reply

Your email address will not be published.