Jilla Ban Notis

देवदह सामुदायिक भवनको उद्घाटन

0 44

गोबिन्द घर्तिै
देवदह,चैत्र ९
रुपन्देहीको देवदह नगरपालिका–१, मा देवदह सामुदायिक भवनको उद्घाटन गरिएको छ । लक्ष्मी आधारभूत विद्यालयले संरक्षण गर्दै आएको जग्गामा देवदह नगरपालिकाको करिव ७५ लाखमा निर्मित सामुदायिक भवनको एक कार्यक्रमका वीच उद्घाटन गरिएको हो ।

सामुदायिक भवनको नगर प्रमुख खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । सामुदायिक भवनको उद्घाटन गर्दै देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले सार्वजनिक जग्गा अतिक्रमण हुदै गएकोले सार्वजनिक जग्गा संरक्षणमा सवै लाग्नु पर्नेमा जोड दिनु भयो ।

उहाले राजनीतिक रुपमा विचार फरक भएपनि सामाजिक विकासमा एकताका साथ लाग्नु पर्ने बताउनु भयो । उहाले सामाजिक विकासमा निजी स्वार्थ भन्दा माथि उठ्न आवश्यक रहेको औल्याउनु भयो ।
नगर प्रमुख खत्रीले देवदह नगरपालिकाले आवश्यकताको आधारमा योजना छनोट गरी विकास निर्माणको काम गर्ने गरेको बताउनु भयो । सोही अवसरमा बोल्दै उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले देवदहमा शितभण्डार निर्माणको प्रक्रिया अगाडि बढेको बताउनु भयो ।

उहाले देवदहको प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण गरिसकेको र छिट्टै संचालनमा ल्याउने दावी गर्नु भयो । उहाले नगरपालिकामा जनप्रतिनिधि आएसंगै विकास निर्माणले फड्को मारेको दावी गर्नु भयो । उहाले निर्माण भएका भौतिक पुर्वाधारको संरक्षण र सम्वद्र्धन गर्न स्थानीयवासी लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले सामुदायिक भवन निर्माण भएसंगै वडावासीलाई केही सहज भएकोले सही तरिकारले प्रयोग गर्नुपर्ने बताउनु भयो ।

देवदह नगरपालिका–१, का वडाअध्यक्ष रमेश शर्मा भूषालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलवासे, नगर प्रवक्ता झिल्लुप्रसाद न्यौपाने, समाजसेवी वावुराम पंगेनी लगायतले आ–आफना भनाई राख्नु भएको थियो । वडा सदस्य वीरमति गुरुङ्गको स्वागत र वडा सचिव फणिन्द्र बगालेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.