Jilla Ban Notis

दृष्टिबन्धकबाट स्थानीयलाई ऋण दिएका नवलपरासीका दुई जना साहु पक्राउ

0 34

हरि शर्मा
परासी असार–१०
दृष्टिबन्धकबाट स्थानीयलाई ऋण दिएका नवलपरासीका दुई जना साहुलाई प्रहरीले पक्राउ गरेको छ। आफूले लिएको ऋणको मिटरब्याज सरह ब्याज लिएर उठीबास बनाएको भन्दै नवलपरासीको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट पुगेका ४० बढी ऋणीहरुले विगत ८ दिनदेखि काठमाण्डौंमा आन्दोलन गर्दै आएका छन्। मिटरब्याजीविरुद्ध भन्दै काठमाण्डौंमा आन्दोलन हुन थालेपछि गृहमन्त्रालयले जिल्लामा निगरानी बढाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको थियो। पक्राउ पर्नेमा ऋणीहरुलाई ऋण दिएका नवलपरासी प्रतापपुर गाउँपालिका बेलाटारीका सुनिल बाँनिया र जगदिश बाँनिया छन्।

जिल्लाका केही स्थानीयलाई ऋण दिएका दुई जना साहुलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक -एसपी- ऋषिराम कँडेलले बताए। ‘अहिले अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं। ऋणबारे वास्तविकता केहो बुझेर प्रकृया अघि बढाइने छ। ’ एसपी कँडेलले भने।

ऋणीहरुले तोकिएको ऋणभन्दा बढी बुझाएको रकम फिर्ता हुनुपर्ने र रकम दिन नसकेर साहुले लिएको जग्गा फिर्ता हुनुपर्ने माग राखेका छन्। उनीहरुले आफूले लिएको रकमको सात गुना बढी तिरिसक्दा पनि अझै बाँकी रहेको भन्दै भएको जग्गा पनि हड्पन खोजेपछि आन्दोलन गर्नुपरेको बताएका छन्।

यता साहुहरुले भने मालपोत कार्यालयबाट राजश्व दिएर दुष्टिबन्धकबाट ऋण दिएको र सावाँ दिए ब्याज छाडिदिने बताएका छन्। कानुनी प्रकृया पूरा गरेर लिइएको ऋणीको जग्गासमेत साँवा पाए फिर्ता गर्ने साहुहरुको भनाई छ।

Leave A Reply

Your email address will not be published.