Jilla Ban Notis

दुर्वेशनमा फसेकाहरुलाई पुर्नस्थापित गराउन जरुरी ः नगर प्रमुख बस्याल

सूर्य ज्योती युवा क्लव बर्दघाट–२,चिसापानीको क्लवभवन समुद्घाटन ।

0 16

कृष्ण ढकाल
बर्दघाट,पुष–२५
समाज परिर्वतन र देशका सबैखाले आन्दोलनहरुमा युवाहरुको ठूलो योग्दान रहेको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बताउनु भएको छ । उहांले अहिले समाजमा भएका विकृर्ति र कुरीतीहरु हटाउनका लागि युवाहरु संगठीत भएर लाग्न जरुरी रहेको बताउनु भएको छ । सूर्य ज्योती युवा क्लव बर्दघाट–२,चिसापानीले आफ्नो रजत जयन्तीका अवसरमा आयोजना गरेको क्लवको भवन समुद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दे नगर प्रमुख वस्यालले सो कुरा बताउनु भएको हो ।

बर्दघाट नगरपालिका क्ष्ँेत्रमा दुर्वेशनीको ठूलो समस्या रहेको बताउदै त्यस्ता दुब्र्यसनिमा फसेकाहरुलाई पुर्नस्थापित गराउने र उनीहरुलाई पुर्नजिवन दिने गरी नगरपालिकाले काम गर्न खोजेको बताउनु भएको थियो ।

त्यसैगरी बर्दघाट–२,चिसापानीको सूर्य ज्योती युवा क्लवलाई अहिलेको टिमले फेरी पुनर्जिबीत भएको महसुस गराएको भन्दै नगर प्रमुख वस्यालले यसले नयां आशा पलाएको बताउनु भयो । उहांले समाजको विकासका लागि क्लवसंग सहकार्य गरेर अघिबढ्न नगरपालिका सदैब तयार रहेको प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो ।

सूर्य ज्योती युवा क्लवका अध्यक्ष्ँ राम भण्डारीको अध्यक्षता बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यता र सचिव टेक बहादुर बुढाथोकीको संचालन रहेको कार्यक्रममा क्लवका सदस्य प्रेम भूजेलले स्वागत मन्तब्य राख्नु भएको थियो ।

क्लवको भवन समुद्घाटन कार्यक्रममा समाज सेवी सदानन्द पाण्डे,चिसापानी सामुदायिक वनका सचिव अनिल गुरुङ्ग,दिब्य ज्योती नमुना मावि ब्यवस्थापन समितिका अध्यक्ष सुबोध जागृत थापा लगाएले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

त्यसैगरी क्लवको भवन समुद्घाटन पश्चात वडाभित्रका विभिन्न संघ संस्था र समुहहरुको झांकीले वडा परिक्रमा समेत प्रर्दशन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.