Jilla Ban Notis

दुई बर्षभित्र सम्पन्न हुने गरी प्रदेशमा पाँच वटा ठूला पुल निमार्ण हुने ः मन्त्री चौधरी

0 33
गौरीशंकर जयसवाल 
परासी ११ फागुन 
    प्रदेश नं ५का भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले लुम्बिनी माविलाई सरकारी  स्वमित्वमा ल्याएर बिकास गर्नुपर्नेमा जोड दिएका छन । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडानं १ मा अवस्थित  लुम्बिनी माध्यमिक बिद्यालयको ३१ औँ बार्षिकोत्वस तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गदै मन्त्री चौधरीले सो कुरा बताएका हुन । पछिल्लो समयमा सुनवल नगरपालिका शैक्षिक गुणस्तरमा हब भन्दै गएको प्रतिखुसी व्यक्त गरे  ।  लुम्बिनी माध्यमिक बिद्यालयको शैक्षिक गुणस्तर तथा बिकासको लागि सामाजिक बिकास मन्त्रालयमा पहल गर्ने समेत प्रतिवद्धता जाहेर गरेका छन् ।
प्रदेश नं ५का सरकार प्रबक्ता समेत रहेका मन्त्री चौधरीेले  प्रदेशमा पाँच वटा ठूला पुल बनाउने योजना अघि सारेको बताएका छन । मन्त्री चौधरीले अबको दुई बर्ष भित्र सम्पन्न हुने गरी प्रदेश सरकारले प्रदेशका बिभिन्न ठाउँ पाँच वटा ठूला पुलहरु निमार्ण गर्न लगेको जानकारी गराएका थिए ।
मन्त्री चौधरीले प्रदेश सरकारले प्रदेश नं५मै सबै नागरिकलाई शुद्ध खानेपानीको पहुँच पुयाउने गरी योजनाको साथ अगाढी बढेको समेत बताए । सुनवलदेखी महेशपुर सम्म फोरलेन बाटो निमार्ण गर्न लागि योजना अघिबढेको चौधरी भनाई थियो । मन्त्री चौधरीले सुनवल महल पोखरी बाटो स्तरउन्नतीको लागि त्यसको टेन्डर प्रक्रिया अगाडि बढाएको बताए । लुम्बिनी माध्यमिक बिद्यलाय संचालक समितीका गांग बहादुर गुरुडको अध्यक्षतामा भएको कार्यक्रममा सुनवल नगररपालिका उप्रमुख दधिराम अर्याल, नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी, सुनवल नगरपालिकाको वडानं १का वडाध्यक्ष मिनप्रसाद बुढाथोकी,सुनवल उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कर्मचार्य,जिसनका अध्यक्ष धनराज चापागाई,अभिभावकको तर्फबाट मुक्ति भण्डारी कक्षा १२मा अध्यनरत बिद्यार्थी किरण सुब्ेदी लगायतले शुभकामान व्यक्त गरेका थिए । कार्यक्रममा ११ र १२ कक्षाका होटल म्यानेन्जमेन्ट अध्यरनरत बिद्याथाीहरुले फुट फेस्टिबल समेत प्रदर्शन गरेको बिद्यालयका संचालक समितीका सदस्य टिकाराम अधिकारीले जानकारी दिए । बिद्यालयका छात्रछात्राहरुलाई छात्रबृति तथा पुरस्कार समेत बितरण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.