Jilla Ban Notis

दुई दिने निशुल्क आखा परीक्षण कार्यक्रम रामनगर एकेडेमी भुमहीमा सम्पन्न

0 37

उर्मिला यादव

सुनवल,मंसिर ११

नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखाको आयोजना तथा बिनोद निता कण्डेल आखा अस्पतालको प्राबिधिक सहयोगमा दुई दिने निशुल्क आखा परीक्षण कार्यक्रम आज बुधबार रामनगर एकेडेमी सुनवल १२ भुमहीमा सम्पन्न भएको छ । रामनगर एजुकेशनल फाउण्डेसन एण्ड रिसर्च सेन्टर प्रालिद्धारा संचालित रामनगर एकेडेमी सुनवल १२ भुमहीका प्रध्यानाध्यापक जन प्रसाद अधिकारीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा उप सभापति तथा महाकबि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको प्रमुख आथित्यतामा रामनगर एकेडेमी सुनवल १२ भुमहीमा अध्ययनरत कक्षा एक देखि कक्षा १० सम्मका बिद्यार्थीहरुको निशुल्क आखा परीक्षण गरीएको हो । निशुल्क आखा परीक्षण कार्यक्रम बिनोद निता कण्डेल आखा अस्पतालका प्राबिधिक गोरख नाथ यादव र नेत्र सहायक डाक्टर सुजन चौधरीले बिद्यार्थीहरुको आखा परीक्षण गर्नु भएको थियो । कार्यक्रममा रामनगर एकेडेमी सुनवल १२ भुमहीमा अध्ययनरत एक हजार एक सय जना बिद्यार्थीहरुको निशुल्क आखा परीक्षण गरीएको छ भने जसमध्ये ८५ जनाको आखा कमजोर रहेको र आखा कमजोर भएका बिद्यार्थीलाइ निशुल्क चस्मा बितरण पनि गरीएको रामनगर एकेडेमी जुरेसका शिक्षक यज्ञ प्रसाद चौधरीले बताउनु भएको छ । बिद्यालयका सहायक प्रध्यानाध्यापक युवराज पाण्डेको स्वागत मन्तब्य रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखाका अध्यक्ष गोपाल प्रसाद शर्मा लामिछाने, , रामनगर एकेडेमी जुरेसका शिक्षक यज्ञ प्रसाद चौधरी, बिद्यालयका जुरेस सभापति गौरव केसी , बिद्यालयका शिक्षक , बिद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.