Jilla Ban Notis

दुईवर्ष सम्म प्रद्यानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याउन नपाइने विषय गलत ः कृष्ण पहाडी

0 20

सुनवल,माघ –१६
एउटा प्रद्यानमन्त्रीलाई २ वर्ष सम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने विषय संविधानमा उल्लेख गरिनु गलत रहेको मानब अधिकारकर्मि तथा शान्ति समाज नेपालका संस्थापक सभापति कृष्ण पहाडीले बताउनुभएको छ ।
मानव अधिकार तथा शान्ति समाज नवलपरासी जिल्ला शाखाको २० औं जिल्ला साधारणसभा तथा ११ औं जिल्ला अधिबेशनको अवसरमा आयोजित अंसैवधानिक एवं अलोकतान्त्रिक तवरमा प्रतिनिधि सभा विघटनः प्रतिगमनको सिलसिला विषयक गोष्ठी कार्यक्रममा बोल्दै पहाडीले सो कुरा बताउनुभएको हो ।
उहांले पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प र नेपाली प्रधानमन्त्री ओलीजस्तो सन्कि नेता भए दुई दिनमै पदबाट निकाल्ने व्यबस्था संविधानमा उल्लेख हुनुपर्ने समेत बताउनु भयो ।
संविधानलाई तोड्दै गृहयुद्धमा देशलाई धकेल्ने दिशातर्फ प्रधानमन्त्री केपी शर्मा ओली अग्रसर हुँदै गएको आरोप पहारीले लगाउनु भएको छ । गत १२ गते काठमाडौंमा नागरिक समाजले गरेको विरोध कार्यक्रममा निषेधित क्षेत्र तोड्न बाध्य भएको बताउदै आफुहरुको शान्तिपूर्ण विरोध कार्यक्रममा पानीको फोहोराले हानेर प्रहरीले दमन गर्न खोज्नु बिद्रोहको सुरुवात भएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेल, संविधानसभा सदस्य विक्रम खनाल, शान्ति समाज नेपालका केन्द्रिय सभापति उत्तम पुडासैनी लगाएतका वक्ताले संसद् विघटनका विरुद्ध आफ्नो धारणा राखेका थिए ।
मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखाको ११ औं अधिबेशनबाट सन्तोष अधिकारी सभापति रहने गरि ११ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ ।

Leave A Reply

Your email address will not be published.