Jilla Ban Notis

दिब्यज्योती मावि चिसापानीलाई आगामि वर्ष एउटा स्कुल वस र चिसापानी अस्पताललाई जग्गाको ब्यवस्थागर्ने मन्त्री त्रिपाठीको प्रतिवद्धता ।

0 45

कृष्ण ढकाल
बर्दघाट,फागुन–१३
केन्द्रीय सरकारका संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेयश त्रिपाठीले बर्दघाट नगरपालिका वडा नंम्वर २ मा रहेको दिब्यज्योती माध्यामिक विद्यालयलाई आगामि वर्ष एउटा स्कुल वस उपलब्ध गराउने र चिसापानी अस्पतालका लागि जग्गा उपलब्ध गराउने प्रतिवद्धता जाहेर गर्नु भएको छ । गृहजिल्ला आउनु भएका मन्त्री त्रिपाठीले मंगलवार दिब्यज्योती माध्यामिक विद्यालयको ४३ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै उक्त प्रतिवद्धता जाहेर गर्नु भएको हो । एक फरक प्रसंगमा मन्त्री त्रिपाठीले अव राज्य सत्ता क्रमस परिवर्तनको बाटोमा हिँडेको बताउदै सरकारले अव शिक्षा क्षेत्र र स्वास्थ्यमा लगानी बढाउदै लैजाने भएकाले अव चिसापानी अस्पताललाई पनि ट्रामा सेन्टर सहितको अस्पताल बनाउनका लागि सहयोग गर्ने बताउनु भएको थियो ।  करिव ४ घण्टा सम्म कार्यक्रमलाई समय दिएर स्थानिय नेताहरुको भाषण सुने पछि विचमा नै आफ्नो भनाई राख्ने क्रममा मन्त्री त्रिपाठीले करिव ६ मिनेट मात्र बोल्नु भएको थियो । सो क्रममा उहांले अरुले जस्तो बढी कुरा गरेर नहुने भएकाले आफुले दुईवटा कुरा मात्र बोल्ने र त्यो पुरा गर्ने भन्दै अरु कुनै पनि विषयमा आफ्ना भनाई नराख्ेने बताउनु भयो । उहांले सो कार्यक्रममा वर्तमान परिस्थीतीको राजनितिक विषयमा विषय नै प्रवेश नगरी आफ्ना भनाई टेगांउनु भएको थियो ।
नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीमा रहेको दिब्यज्योती माध्यामिक विद्यालयको ४३ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस समारोह दिब्यज्योती माध्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुबोध जागृत बुढाथोकीको अध्यक्षता र केन्द्रीय सरकारका संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेयश त्रिपाठीको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको थियो । सो अवसरमा वोल्दै संविद्यान सभा सदस्य तथा सोही विद्यालयकी पूर्व शिक्षीका सिन्दु जलेसाले दिब्य ज्योती माविलाई प्रदेश सरकारले अघिसारेको नमुना विद्यालयका रुपमा स्थापित गर्नका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता गर्नु भएको थियो । यहांले त्यसका लागि कानुनि प्रक्रिया अघि बढीसकेको समेत जानकारी गारउनु भयो । त्यसैगरी चिसापानी अस्पतालको लागि जग्गा प्राप्तीको लागि पनि कानुनी रुपमा अन्तीम अवस्थामा पुगेको जानकारी गराउनु भएको थियो ।   कार्यक्रममा  प्रदेश सांसद अजय बहादुर शाही,बर्दघाट नगरपालिकाका नगर उप प्रमुख माया देवि पौडेल,दिब्य ज्योती बहुमुखि क्याम्पसका अध्यक्ष वृहस्पति अधिकारी,विद्यालयका सल्लाहकार सदानन्द पाण्डे ,यम बहादुर थापा,कमल परियार,अक्षकोषदाता कृष्ण पाण्डे,बर्दघाट नगरपालिका वडा नं. २ का वडाध्यक्ष दया दर्लामी,दाउन्ने देवि माविका प्र.अ. चिरन्जीवि खनाल, लगाएतले आ आफ्ना भनाईहरु राख्नु भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हुमनाथ आचार्यले विद्यालयको बर्तमान अवस्था र आर्थिक गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सोही अवसरमा विद्यालयको दिब्य ज्योती बुलेटीनको समेत लोकार्पण गरीएको थियो । त्यसैगरी विद्यालयका पूर्व विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कमल परियार सहित विभिन्न क्षेत्रबाट सहयोग पु¥याएका ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । त्यस्तै शैक्षिक क्षत्रेमा उत्कृष्ट नतिजा हासिल गर्ने, विभिन्न खेलकुद लगायतका क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै विभिन्न अक्षयकोष बाट अक्षयकोषको मापदण्ड अनुसारका विद्यार्थीहरुलाई छात्रबृत्ति समेत वितरण गरिएको थियो । ब्यवस्थापन समितिका सदस्य लोकेन्द्र बहादुर चन्दको स्वागतमन्तब्य वाट शुरु भएको कार्यक्रमको संचालन शिक्षक खिम विक्रम थापा र खेमराज सुवेदीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.