Jilla Ban Notis

दाउन्ने सुचना तथा सहकारी सस्थाको बार्षिक साधारण सभा सम्पन्न

माघ २४ गते नयां नेतृत्व चयन गर्ने सहमति ।

0 43

बर्दघाट,पौष–२८
दाउन्ने सुचना तथा सहकारी सस्थाको १० औं बार्षिक साधारण सभा तथा ५ औं अधिबेशन आज सम्पन्न भएको छ । सस्थाका अध्यक्ष नारायण पाण्डेको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न् भएको हो । दाउन्ने सुचना तथा सहकारी सस्थाले २०६७ सालवाट नै सामुदायिक रेडियो दाउन्ने १०३.४ मेगाहर्ज संचालन गर्दे आएको छ ।
शिवालय मन्दिर बर्दघाटको सहभाहलमा सम्पन्न भएको कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले समाज रुपान्तरणको मुख्य आधार मिडिया जगत रहेको बताउदै सुसंस्कृत, सभ्य समाज निर्माणमा रेडियोको निर्णायक भुमिका हुने हुंदा निश्पक्ष र सत्यमा आधारित सुचना,समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको थियो । बस्यालले विकासका हरेक क्षेत्रमा रेडियोको प्रभावकारी भुमिका हुनुपर्ने भन्दै सहयोग गर्न आफुहरु तयार रहेको बताउनु भएको थियो ।

सोही अवसरमा बोल्दै विशिष्ट अतिथि बर्दघाट नगर उपप्रमुख माया देवी पौडेलले समाज परिर्वतन र सहि सुचना दिन रेडियोको दायित्व रहेको बताउदै कोरोना संक्रमणको बेला पनि अहोरात्र सुचना,सन्देश प्रसारण गर्दै आएको प्रति सामुदायिक रेडियोहरुलाई धन्यबाद ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा क्रिमसन अस्पताल बुटवलका निर्देशक चिन्तामिण पाण्डे लगाएतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा अध्यक्षको बार्षिक प्रगति प्रतिबेदन अध्यक्ष नारायण पाण्डेले प्रस्तुत गर्नुभएको थियो भने लेखा प्रतिबेदन लेखा संयोजक दिपक ढकालले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सस्थाकी कोषाध्यक्ष कमला शर्माले १७ लाख ३६ हजार ९ सय ५ रुपिया बराबरको आय ब्यय विवरण प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उत्कृष्ट विज्ञापन दाता, उत्कृष्ट कर्मचारी लगाएतलाई सम्मान गरिएको कार्यक्रममा सस्थाका पदाधिकारी, कर्मचारी, सेयर सदस्यहरु, विभिन्न संघ सस्थका प्रतिनिधि, पत्रकार लागएतको उपस्थिती रहेको थियो । सस्थाकी उपाध्यक्ष सरिता खनालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सस्थाका सह सचिव विनिराम भुषालले गर्नुभएको थियो ।

माघ २४ गते नयां नेतृत्व चयन गर्ने सहमति ।

दाउन्ने सुचना तथा सहकारी सस्थाको १० औं बार्षिक साधारण सभा आज सम्पन्न् भएपनि नयां नेतृत्व चयनको कार्य भने आज हुन सकेन । आज उपस्थित स
ंस्थाका शेयर सदस्यहरुको सहमतिमा आगामी माघ २४ गते संस्थाको नेतृत्व गर्नका लागि नयां समिति चयन गर्ने गरी आजलाई अधिवेशनको मिति सारीएको संस्थाका अध्यक्ष नारायण पाण्डेले बताउनु भएको छ । आगामाी माघ २४ गते संस्थाको अधिबेशनले नयां नेतृत्व चयन गर्ने बताईएको छ । संस्थाको नेतृत्व गर्नका लागि वर्तमान समितिका अध्यक्ष नारायण पाण्डे, उपाध्यक्ष सरीता खनाल, कार्यकारी निर्देशक रामजी लौडारी र यम बहादुर थापा ले अध्यक्षको दावेदार गरीरहेको बुझिएको छ ।

Leave A Reply

Your email address will not be published.