Jilla Ban Notis

दाउन्ने देवि महिला बहुउद्धेशिय सहकारी सामाजिक विकास मन्त्रालयद्धारा पुरस्कृत

0 30

कृष्ण ढकाल
बर्दघाट,फागुन–२४
बर्दघाटमा रहेको दाउन्ने देवि महिला बहुउद्धेशिय सहकारी संस्थालाई लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पुरस्कृत गरेको छ । संस्थाको हित र सामाजिक क्ष्ँेत्र मार्फत महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा रु १ लाख नगद र प्रमाण पत्र सहित पुरस्कृत गरेको थियो ।

नवलपरासी जिल्लामा महिलाहरुद्धारा सञ्चालीत स्थानिय सहकारी संस्थाहरुमध्ये जिल्लाकै उत्कृष्ट महिला सहकारी संस्थाका रुपमा पुरस्कृत हुनपाउदा आफुहरु निक्कै खुशी भएको बताउदै अबका दिनमा उक्त पुरस्कारले अझबढी महिलाहरु प्रति आफुहरुलाई उत्तरदायि बनाएको संस्थाकि अध्यक्ष देवि पौडेलले बताउनु भएको छ । उहांले पुरस्कार ग्रहण पश्चात सो समारोहमा बोल्दै आफुहरुले महिलाका सवालमा गरेका कामहरुको वारेमा जानकारी गराउनु भएको थियो ।

नवलपरासीको बर्दघाटमा रहेको दाउन्ने देवि महिला बहुउद्धेशिय सहकारी संस्थाले बर्दघाट नगरमा रहेका ११ वटा माविका विपन्न छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्नका लागि अक्षकोष खडा गर्ने देखि मृगौला पिडित,क्यान्सर पिडित,मृटु रोगी, तथा एकल महिलाहरु लगाएत विभिन्न प्रकारले पिडामा परेका महिलाहरुलाई आर्थिक सहयोग गर्दे आएको छ ।

Leave A Reply

Your email address will not be published.