Jilla Ban Notis

दाउन्नेमा यात्रुबस दुर्घट्ना हुँदा ४ जनाको मृत्यु (फोटोफिचर)

0 18

कृष्ण ढकाल
बर्दघाट ,जेष्ठ–५

पूर्व–पश्चिम राजमार्गको नवलपरासी जिल्लामा पर्ने दाउन्नेमा आज विहान यात्रुबस दुर्घट्ना हुँदा ४ जनाको मृत्यु भएको छ । काठमाण्डौंबाट रुकुम पश्चिमका लागि हिजो सांझ छुटेको यात्रुवहाक बस सडकबाट तल खस्दा बसमा सवार ४ जनाको मृत्यु भएको छ भने थप ५ जना सक्त घाईते रहेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक कपिल वाग्लेले बताउनुको छ ।

दाउन्नेको खुर्सानि खोलाक्ष्ँेत्रमा सडकदेखि करिव डेढ सय मिटर तल खसेको ना ५ ख २७१३ नम्बरको यात्रुवहाक बसमा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको थियो। भने अन्य यात्रुहरुको अहिले बर्दघाटमा रहेको चिसापानी अस्पतालमा उपचार भैरहेको छ । त्यसैगरी ३ जनालाई भैरहवा रिफर गरीएको छ भने अरु ३ जानलाई रिफरको तयारी गरीएको छ ।

चारजना मृतक मध्ये रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाकी २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउपालिका ४ का ३६ वर्षका धनराज घर्तिको मात्र सनाखत भएको प्रहरीले जनाएको छ ।
बसमा ४० जनाभन्दा बढी यात्रु रहेको घाईते यात्रुले बताएका छन् । घाइतेमध्ये अझै केहीको अवस्था गम्भिर रहेको छ ।

Leave A Reply

Your email address will not be published.