Jilla Ban Notis

दाउन्नेमा बस दुर्घटना हुँदा ३६ जना घाइते । (विवरण सहित)

0 49

कृष्ण ढकाल
बर्दघाट,साउन–११

पुर्व पश्चिम राजमार्ग अन्र्तगत दाउन्ने सडक खण्डमा बस दुर्घटना हुँदा बसमा सवार ३६ जना घाइते भएको प्रहरी जनाएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर–२ मा पर्ने सडक खण्डमा आज विहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस अनियन्त्रित भई पल्टिदा एक्कासी बसमा आगलागी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बसमा सवार ३६ जना यात्रु मध्ये सबै यात्रु घाइते भएको प्रहरी नायब उपरिक्षक सन्तोष पाठकले जानकारी दिनु भएको छ ।

बस दुर्घटनाका गम्भीर घाइते भएका २१ जना को पुरानो मेडिकल कलेज भरतपुरमा र २ जनाको नयाँ मेडिकल कलेज भरतपुर उपचार भएको छ भने १३ जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाईतेहरुको विवरण यस्तो छ ।

 

Leave A Reply

Your email address will not be published.