Jilla Ban Notis

दाईको घरमा आगो लगाएर फरार भएका ब्यक्ति प्रहरीको नियन्त्रणमा ।

0 27

श्याम थापा

सुस्ता, बैशाख–२५

नवलपरासी सुस्ता गाउँपालिका नरसहीको श्रीरामपुरमा २ घरमा आगो लागेर घर पुर्ण रुपमा नस्ट भएको छ । गएराती करिब ८ बजे तिर कन्हैया चमार र मुराली चमार दाजुभाइको घरयासी झगडा भई कान्छो भाई मुराली चमारले दाई कन्हैया चमारको घरमा आगो लगाई फरार भएका थियो । मुरालीले लगाएको कन्हैयाको घरमा आगोलाई स्थानीय र प्रहरीले नियन्त्रण लिन खोज्दा–खोज्दै सङै जोडिएको आमाको घर पनि जलेर नस्ट भएको छ । श्रीरामपुरका कन्हैया चमार र उनकी आमा झिमिया चमारको खरले छाएको २ घर आगो लागेर पुर्ण रुपमा नस्ट भएको स्थानीय समाजसेवी मनोज सिंहले जनाएका छन । कन्हैया चमारको घरमा आगो लागेर ५० के.जि चामल, ५० के.जि गेहुँ खाद्द्न्न, लत्ताकपडा, बिधुतिय सामाग्री र नगद रकम विस हजार जलेर नस्ट भएको छ भने उनको आमाकोमा ३० के.जि चामल, ३० के.जि गेहुँ खाद्द्न्न, लत्ताकपडा, आवश्यक कागजात जलेर भएको नस्ट छ । कन्हैया चमार को करिब असी हजार को क्षति भएको छ भने झिमिया चमारको करिब ५२ हजार बराबरको क्षती भएको बताईएको छ ।
सुस्ता ४ नर्सहीको श्रीरामपुर बस्ने बर्ष २१ को मुराली चमारले दाइ कन्हैयाको घरमा आगो लगाई फरार भएको थियो भने फरार भएको मुराली चमारलाई बैषाख २५ गते करिब ८ बजे श्रीरामपुर गाउँबाट पक्राउ गरीएको नर्सही प्रहरी चौकीका ईन्चार्ज बिनोद महोतोले जानकारि दिएका छन ।

Leave A Reply

Your email address will not be published.