Jilla Ban Notis

दशदिने चुरा बनाउने तालीम सम्पन्न् ।

0 41

माधब प्रसाद घिमिरे
बर्दघाट,मंसीर–२१
बर्दघाट नगरपालिका वडा नं. ११ को आर्थिक सहयोग र रामग्राम ट्रेनिङ्ग सेन्टरको आयोजनामा १० दिने चुरा बनाउने तालीम सम्पन्न् भएको छ । विन्देश हरिजनको अध्यक्षता र वडाध्यक्ष तिर्थराज फौजदारको प्रमुख आतिथ्यतामा तालीमको समापन गरीएको थियो ।
वडाकार्यालयको वार्षीक निति तथा कार्यक्रम अनुसार सो तालीम संचालन गरीएको वडाध्यक्ष तिर्थ बहादुर फौजदारले जानकारी दिनु भएको छ । १० दिन सम्म संचालीत चुरा,औठी तथा क्रिस्टलको माला बनाउने तालीममा वडाका २५ बढी महिलाहरुको सहभागिता रहको थियो ।
आज भएको तलीम समापन कार्यक्रममा कार्यपालिका सदस्य बेचन ठाकुर,वडासदस्य यमकला भण्डारी,ललीता देवि थरुनी,लक्ष्मी परियार वडा सचिव लील बहादुर चौधरी लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.