Jilla Ban Notis

तेस्रो सरावल अध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधि सरावल वडा नम्बर ३ ले कब्जा गर्यो

0 34

उमेश बि.क
सरावल ,२९ फागुन

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ बसहिको खेल मैदानमा सन्चालित तेस्रो सरावल अध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधि सरावल वडा नम्बर ३ ले कब्जा गरेको छ । शनिबारको फाइनलमा खेलमा सरावल वडा नम्बर २ लाई सुन्यको विरुद्ध एक गोलले पराजित गर्दै तेस्रो सरावल अध्यक्षकप फुटवलको उपाधि सरावल वडा नम्बर ३ ले हात पारेको हो।

“स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद” भन्ने मूल नाराका साथ सरावल खेलकुद संस्थाको आयोजना एवम् स्थानीय युवा तथा खेलकुद सन्जालको सहआयोजनामा एवम् सरावल गाउँपालिकाको सहयोगमा अध्यक्षकप फुटवल प्रतियोगिता शनिबार सम्पन्न गरिएको हो। सरावल खेलकुद संस्थाको अध्यक्ष महेन्द्र चौधरीको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यता एवम् सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको बिशेष आतिथ्यतामा खेलकुद समापन भएको हो ।

अध्यक्षकप फुटवल खेललाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य कण्डेलले सरावल गाउँपालिका खेलकुदमा मात्र नभएर ,स्वास्थ्य क्षेत्र , सामाजिक क्षेत्र र विकास क्षेत्रमा जुन किसिमले फट्को मार्दै गइरहेको छ यसले गर्दा यो गाउँपालिका अन्य पालिकाको तुलनामा फरक पहिचान बनाउदै गइरहेको बताउनु भएको हो । सरावल गाउँपालिका अन्तर्गतका लोप हुन लागेका विभिन्न धरोहरहरु तथा विभिन्न सांस्कृतिकहरु संरक्षण र जर्गेर्ना गर्दै जनप्रतिनिधिहरु अगाडि बढेको कार्यको प्रशंसा ब्यक्त गर्नु भएको हो। खेलकुद मानव स्वास्थ्यको लागि लाभदायक रहेको बताउदै खेल क्षेत्रको विकासमा आफु सदैव लाग्ने प्रतिबद्धता ब्यक्त गर्दै जनसमुदायको दुख सुखमा हातेमालो गरि यश क्षेत्रको बिकासमा आफु लागि परेको र हमेशा लागिरहने प्रतिब्धता ब्यक्त गर्नुभएको थियो।
त्यस्तै जिल्ला समन्वय समिति संयोजक शिव शंकर रायले सरावल गाउँपालिका खेलकुद क्षेत्रमा प्रसंसनिय कार्य गरिएको बताउदै विकासका कामहरुमा पनि उदाहरणीय कार्य गरेकोले यहाँका स्थानीय जनता तथा खेलाडीहरु प्रत्यक्ष लाभान्वित रहेकोले अबको दिनमा जिल्लाकै उत्कृष्ट खेलाडी उत्पादन गर्न सफलहोस भनी खेलमा विजयी टोलीलाई शुभकामना ब्यक्त गर्नुभएको हो।

त्यस्तै गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले सरावल गाँउपालीकाले खेलकुदलाई पनि विकासको एउटा पाटोको रुपमा मानेर लगानी गरिरहेको बताउनुभयो । खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए गाउँपाकिलाको मात्रै नभई समग्र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभएको थियो । यस्ता प्रतियोगिताले पछिल्लो पटक दुर्ब्यसनिमा फसेका युवाहरुलाई पनि सहि बाटो देखाउन सघाउ पुग्ने र स्वास्थ्यमा पनि खेलकुदको सकारात्मक असर हुने भएकाले गाउँपालीकाले लगानी गरेर खेलकुद तथा खेलाडी बिकासमा
सरावल गाउँपालसकाबाट सधैं सकारात्मक रहि हमेशा साथ र सहयोग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो।

फुटबल समापन समारोहमा सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा राय,प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पौडेल ,वडा नम्बर १ का अध्यक्ष भेष नरायण चौधरी ,२ का वडा अध्यक्ष शम्भु प्रसाद चौधरी ,वडा नम्बर ३ का वडा अध्यक्ष अणेन्द्र नाथ राय , नेपाली काङ्ग्रेस केन्द्रीय संगठन विभाग सदस्य मोहन प्रसाद शर्मा,नेपाली काङ्ग्रेस सरावल सभापति बिनोद पाण्डेय ,नेकपा नेता सुखाडि प्रसाद चौधरी , वडा नम्बर ४ सचिव अशोक पाण्डेय लगाएतले खेल स्वास्थ्यको लागि लाभदायक हुनुको साथै यसले संगठित गर्न र युवाहरूलाई विभिन्न रोग तथा लागुपदार्थबाट बचाउन ठुलो मद्दत गरेको कुरामा जोड दिइएका थिए।

प्रतियोगितामा प्रथम हुने टिम सरावल वडा नम्बर ३ लाई नगद रु ५१ हजार साथै १८ थान ट्रयाक सुट, सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरेको हो भने दोश्रो हुने टिम सरावल वडा नम्बर २ लाई नगद रु ३१ हजार साथै १८ थान ट्रयाक सुट, सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरिएको हो ।

त्यस्तै तृतिय हुने सरावल वडा नम्बर ३ लाई नगद रु १० हजार १८ थान जर्सी, सिल्ड मेडल ,प्रमाणपत्र र सरावल वडा नम्बर १ लाई नगद रु १० हजार संगै १८ थान जर्सी, मेडल र प्रमाणपत्र प्राप्त प्रदान गरिएको सरावल खेलकुद संस्थाका सचिव दिपक क्षेत्रीले जानकारी दिनुभएको हो।

प्रतियोगितामा गाउँपालिका भित्रकै ८ वटा फुटवल टिमको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.