Jilla Ban Notis

सुनौलो परिवार नेपालको जिल्ला स्तरीय परियोजना समापन बैठक सम्पन्न ।

0 52

गौरीशंकर जयसवाल

परासी २३ मंसिर
पश्चिम नवलपरासीमा सुनौलो परिवार नेपालले संचालन गरेको कार्यक्रमको जिल्ला स्तरीय परियोजना समापन बैठक आज परासीमा सम्पन्न भएको छ । सुनौलो नेपालले पश्चिम नवलपरासीका सात वटा स्थानिय तह संचालन गरेको कार्यक्रम समापन बैठक सम्पन्न गरेको हो ।
युके आईडी एफ सि डी को र मेरो स्टोप्स इन्टरनेशलनको सहयोग सुनौलो परिवार नेपालले नेपाल सिमाकृन्त र सडकटासन्न महिलाहरुलाई अपरिपुरित परिवार नियोजन सम्बन्धी अवाश्यकता सम्बोधन होस भनि उक्त सात वटा स्थानिय तहहरुमा संचालन गरिएको परियोजनाका जिल्ला अधिकृत अनु घिमिरेले बताउनु भयो । परियोजनाले हेल्थ पोष्ट र घुम्ती शिबिर गरेर तीन बषर्मा तीन हजार ४ सय १८ जनालाई परिवार नियोजनको सेबा दिएकोे घिमिरेले जानकारी दिनु भयो। आईसीडी २१ टरगेटमा उक्त परियोजन ५१ जनालाई सात वाट पालिकामा सेबा दिएको जानएको छ । सुरु दुई महिना कोभिड सेवा बन्द थियो त्यस पछि परिवार नियोजनको सेवा निरन्तर दिदै आएको घिमिरेले बताउनु भयो ।

समापन बैक जिल्ला समन्वय समितीका प्रमुख शिवशंकर रायको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी जोरासिह माझीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै माझीले तराई मधेशको जिल्लामा यो कार्यक्रम राम्रो संचालन भएको भनी प्रशसा गर्नु भएको थियो । जिल्ला समन्वय समितीका प्रमुख रायले यस जिल्लामा गर्भपर्तन समस्या धेरैरहेकोले अझै यस जिल्ला कार्यक्रम संचालन गर्न अग्रह गर्नु भएको थियो।

जिल्ला समन्वय समितीका उपप्रमुख अबदुल रहमान चुरिहारले नवलपरासी जिल्ला मधेशको जिल्ला भएकोले यो कार्यक्र थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भयो । सुनौलो परिवार नेपाल परीयोजनका प्रबन्धक दिनेश प्रधानले महिला स्थ्वास्थ्य स्वसेबीकहरुको सहकार्यमा परियोन नियोजनको गराउने कार्यक्रम संचालन गरेको बताउनु भएको थियो ।यो कार्यक्रम ५० वटा जिल्लामा संचालनमा रहेको बताउदै परिवार नियोजनसंग केही समस्या आएमा ११४३ हाटलाईनका खबर गरे तुरुन्त समाधान गर्ने र यहां भएन भने बर्दघाट बुटवाल भैरहवासम्म समेत पुयाउने गरेको जानकारी दिईएको थियो ।

Leave A Reply

Your email address will not be published.