Jilla Ban Notis

तिलोत्तमा वडा नं. १५ मा विपन्न परिवारलाई सिरक वितरण ।

0 28

वि.पि. गौतम
तिलोत्तमा, पुस २६

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १५ का विपन्न परिवारलाई सिरक वितरण गरिएको छ । जाडो प्रभावित उनीहरुलाई राहतस्वरुप एक÷एक वटा नयाँ सिरक प्रदान गरिएको हो । वडाभित्रका ४८ जना विपन्न व्यक्तिलाई फाइबर सिरक प्रदान गरिएको तिलोत्तमा वडा नं. १५ को कार्यालयले जनाएको छ । वडा सदस्य शिखा नेपालका अनुसार टोल विकास संस्थाको सिफारिसको आधारमा विपन्न परिवारको पहिचान गरिएको हो । वडाको आकश्मिक कोषबाट सिरकको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । शुक्रबार कोटिहवामा आयोजित एक कार्यक्रमबीच नगर उपप्रमुख जागेश्वरी चौधरीले सिरक जाडो प्रभावित परिवारका सदस्यहरुलाई हस्तान्तरण गर्नुभयो ।त्यसअवसरमा नगर उपप्रमुख चौधरीले जाडो प्रभावित परिवारलाई न्यानो कपडाको व्यवस्थाले थोरै भए पनि राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जाडोमा बालबालिका, वृद्धवृद्धा, बिरामी, गर्भवती महिलालाई विशेष ख्याल राख्न आग्रह गर्नुभयो । जाडो प्रभावितको राहतका लागि नगरपालिकाको समन्वयमा सामुदायिक वनहरुले दाउरा समेत वितरण गरेको उहाँले बताउनुभयो । वडाध्यक्ष खेमराज गुरुङले विपन्न परिवारको आवश्यकतालाई महशुस गरेर सिरक वितरण गरिएको बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.