Jilla Ban Notis

तिलोत्तमामा उप–मेयर कप महिला भलिबल प्रतियोगिता सुरु ।

0 13

वि.पि. गौतम
तिलोत्तमा, पुस २८

रुपन्देहीको तिलोत्तमामा सोमबारबाट प्रथम उप–मेयर रनिङ कप खुला महिला भलिबल प्रतियोगिता सुरु भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा दश टिमको सहभागिता रहेको छ । महिला खेलाडीलाई प्रोत्साहन गर्न नगरपालिकाले लिग चरणको आधारमा प्रतियोगिता आयोजना गरेको हो ।  मणिमुकुन्द भलिबल क्लव र कुँवरवर्ती इंलिस बोर्डिङ स्कुलको सहकार्यमा आयोजित प्रतियोगिताको सोमबार आयोजित एक कार्यक्रमबीच तिलोत्तमा उप–प्रमुख जागेश्वरी चौधरीले उद्घाटन गर्नुभयो । त्यसअवसरमा उप–प्रमुख चौधरीले खेलकुदमा महिलाहरुको सहभागिता बढाउन नगरपालिकाले पहिलो पटक महिला भलिबल प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।  महिलाहरुको सशक्तिकरणमा नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले खेलकुदलाई जिविकोपार्जनसँग पनि जोड्नुपर्नेमा जोड दिनुभयो । खेलकुदको विकासमा तिलोत्तमा नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै उहाँले हरेक वडामा कम्तिमा एउटा स्तरीय खेल मैदान बनाउने नगरपालिकाको योजना रहेको बताउनुभयो ।  यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देही क्षेत्र नं. १ का संयोजक यज्ञ गैरेले स्वस्थ शरीरका लागि पनि खेलकुद जरुरी रहेको बताउनुभयो । नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डेयले खेलकुदले युवाहरुमा अनुशासनको भावना बढाउने बताउँदै खेलकुदमा महिला सहभागिता बढाउन तिलोत्तमाले आयोजना गरेको प्रतियोगिता सह्रानीय रहेको उल्लेख गर्नुभयो ।  कुँवरवर्ती स्कुलको खेलमैदानमा सञ्चालित प्रतियोगिताको उद्घाटन खेलमा मणिमुकुन्द कलेज र न्यू होराइजन कलेजबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा प्रथम हुने समूहले नगद २५ हजार, द्धितीय हुनेले नगद १५ हजार, तृतीय हुनेले नगद १० हजार र सावन्तवना हुनेले नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  प्रतियोगिता संयोजक गोविन्द रेग्मीको अध्यक्षता, मिलन रानाको सञ्चालनमा भएको खेल उद्घाटन कार्यक्रममा कुँवरवर्ती इंलिस बोर्डिङ स्कुलका प्राचार्य दीपक खनालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.