Jilla Ban Notis

 तिलकना युवा क्लव सुनवल ६ तिलकनाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

0 15

पुजा लम्साल

सुनवल, ५ साउन

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ र जारी लकडाउनका बीच पनि रगतको अभाव कम हुन नदिन तिलकना युवा क्लव सुनवल ६ नवलपरासीले सोमबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाईटि परासी शाखासंगको सहकार्यमा सुनवल ६ तिलकनामा आयोजना गरिएको सो रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन् । कोभिडका कारण देखिएको रगत अभावलाई कम गर्ने उदेश्यले रक्तदान कार्यक्रम राखिएको क्लवका अध्यक्ष कृष्ण प्रसाद गन्र्धवले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाले अवका दिनमा सुनवल नगर भित्र बिरामी परेका र रगत चाहिने बिरामीलाई निशुल्क रगत उपलब्ध गराउने पहल थालेको बताउनुभयो । उहाले आगामी आर्थिक बर्षभित्रमा सुनवल ५ बनकट्टिमा १५ शैयाको अस्पताल बन्ने जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख थापाले युवा सक्रिय भए कोभिड संग लड्न हामी स्थानिय सरकारलाई बल पुगेको भन्दै क्लवले अयोजना गरेको यस रक्तदान कार्यक्रमबाट प्रभावित भएर रक्तदान कार्यक्रमको सम्पुर्ण खर्च व्यक्तिगत रुपमा व्यहोर्ने उद्ध्घोष गर्नुभयो ।

यसैगरि उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले कोभिड १९ ले गर्दा बिरामीको संख्या बढेको र रगत अभाव भएको बेला तिलकना युवा क्लवले रक्तदान कार्यक्रम गरेर सह्रानिय काम गरेको भन्दै क्लको प्रशंसा गर्नुभयो । आगामी दिनमा क्लवले गर्ने यस किसिमका रचनात्मक काममा उद्योग बाणिज्य संघ सुनवलले सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।

स्थापना भएको छोटो समयमा पनि क्लवले बिभिन्न सामाजिक कार्यहरुमा सक्रियता देखाउदै आएको छ । सो अवसरमा वडा सदस्य भिमा पल्ली मगर, हेप्पिनाथ कवर, लगायत बिभिन्न संघसंस्थाका पदाधिकारी, स्थानिय समाजसेवि, युवाहरुको सहभागिता रहेको थियो । लकडाउनको समयलाई सदुपयोग गरेर सामाजिक दुरी कायम तथा सावधानी अपनाई सुरक्षित ढंगले रक्तदान र रक्त संकलन गरि रक्तदान कार्यक्रमलाई सफल बनाउने सहयोगिहरुलाई प्रशंसापत्र बितरण गरिएको थियो

Leave A Reply

Your email address will not be published.