Jilla Ban Notis

तिन महिने लघु उद्यम ढाका कपडा बुनाई तालीम सकियो ।

0 7

,बर्दघाट–पुष–९
बर्दघाट नगरपालिका वडा नम्वर १४ ले संचालन गरेको तिन महिने लघु उद्यम ढाका कपडा बुनाई तालीम आज एक कार्यक्रमका विच समापन गरीएको छ । वडा नम्वर १४ का वडाध्यक्ष केशव बहादुर खत्री क्षेत्रीको अध्यक्षता र नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सो कार्यक्रको समापन गर्नुका साथै तालीममा सहभागिहरुलाई प्रमाण पत्र वितरण गरीएको थियो ।

वडा सचिव टंक नाथ भण्डारीको संचालन र वडा सदस्य बुद्धिमा सुनारको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा नगर उप प्रमुख माया देवि पौडेल,वडा सदस्य टेक नारायण नवलपुरीया लगाएतको उपस्थिती रहेको थियो ।

सो अवसरमा तालीममा सहभागि १० जनालाई प्रमाण पत्र प्रदान गर्नुका साथै ३ जनालाई तान हस्तान्त्रण समेत गरीएको बताईएको छ । तिन महिने लघु उद्यम ढाका कपडा बुनाई तालीममा शशी ढाका कपडा उद्योगले प्राविधिकरुपमा सहयोग गरेको थियो ।

Leave A Reply

Your email address will not be published.