Jilla Ban Notis

तिन तहका सरकार मिलेर विकासका काम अगाडी बढाउनु पर्छ ः मन्त्री चौधरी

0 37

गाौरीशंकर जयसवाल
परासी २७फागुन
पश्चिम नवलपरासीको सुनवल नगरपालीकाले चौथो नगर स्थापना दिवस सम्पन्न भएको छ । पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न लागिएको स्थानमा नगरपालीकाले नगर स्थापना दिवस मनाएको हो । दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले तिन तहका सरकार मिलेर विकासका काम अगाडी बढाउनुपर्नेमा जोड दिएका छन ।
लगानी गरेपछि त्यस्को प्रतिफल आउने स्थानमा विशेष जोड दिएर लगानी गर्नुपर्नेमा उनले जोड दिएका हुन । प्रदेश सरकारका प्रवत्ता समेत रहेका मन्त्री चौधरीले प्रदेश सरकारले लगानी सम्मेलन गर्ने तयारी गरिरहेको बताउदै स्थानिय तहले पनि कुनै खास योजना बनाएर त्यस्लाई प्रदेश सरकार सम्म पुर्याउन सक्ने बताए ।
भैरहवामा अन्तराष्ट्रिय विमानस्थल केहि दिनमै सुरु हुने तयारीमा रहेकाले अब पश्चिम नवलपरासीमा पनि पर्यटक आउने क्रम वृद्धि हुने मन्त्री चौधरीको भनाई थियो । लुम्बिनीमा आउने धेरै पर्यटक रामग्राम स्तुप सम्म आउने भएकाले पर्यटन प्रर्वद्धन हुने बताउदै मन्त्री चौधरीले त्यस्का लागी आवश्यक पुर्वाधार निर्माण गर्न सके रोजगारी बढाउन सकिने बताए ।
कार्यक्रमका अध्यक्ष तथा सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा भरतले जनताको सोचमा परिर्वतन नभए सम्म उपलब्धी हासिल हुन नसक्ने बताए । उनले आफुहरुले नगरको विकासका लागि हरपल हरक्षण नगरका सबैको भाावनालाई ध्यानमा राखेर विकास निमार्ण देखि दैनिक सेवा प्रदानमा लागि परेको बताएका थिए ।
कार्यक्रममा सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालले स्वागत मन्तब्य राखेका थिए । चौथो नगर स्थापना दिवसमा नेकपा ऐमालका जिल्ला सह–संयोजक थान प्रसाद गैरे, नेपाली कांग्रेसका जिल्ल सभापति विष्णु पौडेल, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक , महालेखा नियन्त्रण कार्यालयका निरिक्षक सत्यनारायण थापा , उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी, उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य लगाएतले बोलेको सुनवल नगरपालिकाका योजना प्रमुख पुरूषोतम ढकालले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.