Jilla Ban Notis

तिज महामारी काण्ड २०७७ सार्वजनिक(भिडियो सहित)

0 63

बर्दघाट,असार–१७
लोक तथा दोहोरी गायक पुरुशोत्तम पौडेल,खेम सेन्चुरी तथा गायिका सर्मिला गुरुङ र देवि घर्तीको स्वर रहेको तिज महामारी काण्ड २०७७ सार्वजनिक भएको छ । उमंग म्युजिक प्रा लि, काठमाडौको ब्यानरमा निर्माण गरीएको तिजको गित तिज महामारी काण्ड २०७७ मा कोरोना भाइरसले नेपाली समाजमा पारेको प्रभाव , सामाजिक सांस्कृतिक परम्परामा पुर्याएको बाधा लगायतका बिषयमा केन्द्रित रहेको सनदेश दिने कोसिस गरीएको छ ।
कोरोना भाइरसका कारण नेपाली नागरिकहरुले पाएको दुःख,कष्ट,भोकभोकै सुत्न परेको मजदुरको पीडा,घरपरिवारबीच कोरोनाका कारण मनोवैज्ञानिक असर लगाएतका विषयलाई गितमा समेट्ने कोसिस गरेको पाईन्छ । त्यसैगरी विदेशमा बसेका नेपालीहरुलाई घरमा बसेका आमा बाबाले सम्झिएर रुदै बसेका कथा, विहेरव्रतबन्ध रोकिएको,मलामी जान समेत डराउनु परेको र छरछिमेकीले समेत ज्वरो, हाँछ्यू आउँदा पनि गलत नियतले हेर्ने गरेका जस्ता अहिलेका ब्यवहारीक दृश्यलाई उक्त गितमा झल्काउने प्रयास गरीएको छ । संसारमा ठूलो धन मान्ने चलनलाई कोरोनाले तोड्दिएको संन्देश गीतमा समेटिएको गायक पुरुशोत्तम पौडेलको भनाई रहेको छ । कोरोनाको कहरबाट मुक्ति पाउनका लागि समेत यो गीतले नयाँ सन्देश प्रवाह गरेको छ । कोरोनाबाट बच्न र यसले पार्ने नकारात्मक असरबाट जोगिन गीतले सबैलाई अनुरोध समेत गरेको छ ।
यस गितमा चर्चित हायस्यब्यङ्गयकार राम चन्द्र अधिकारी ९ गोप्ते काजी० , रमा थपलिया , अन्जली अधिकारी , खेम सेन्चुरी र शिब पौडेलको अभिनय रहेको छ । यस्तै गीतको निर्देश तथा छयाङ्कन दुर्गा पौडेलले गर्नुभएको छ भने सम्पादन शिब पौडेलले गर्नुभएको छ ।

 

Leave A Reply

Your email address will not be published.