Jilla Ban Notis

तस्करी गर्न नपाएपछि सुरक्षाकर्मी माथि तस्करद्धारा ढुङ्गामुढा प्रहार

0 26

रबिन्द्र यादव

प्रतापपुर, बैशाख ३०

तस्करी गर्न नपाएपछि भारतीय तस्करहरुले सिमा खटिएका सुरक्षाकर्मीहरु माथि ढुङ्गामुढा प्रहार गरेका छन् । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका ६ कठहवाँ स्थित दशगजामा निगरानी गर्न खटिएका शसस्त्र र जनपथ प्रहरीलाई भारतीय तस्करहरुले सोमबार साँझ ४ बजेको समयमा ढुङ्गामुढा प्रहार गरेका हुन् । उनीहरुको ढुङ्गा प्रहारले कुनैपनि सुरक्षाकर्मी घाईते नभएको बताइएको छ । उक्त दशगजाको सिमावारी कठहवाँ र पारी बहुआर बजार हो । बहुआर गाउँ नेपाल दशगजा संग जोडिएको भारतको उत्तर प्रदेश महराजगंज जिल्लाको सिमावर्ति बजार हो । त्यस गाउँको लाईनटोलाका बासिन्दाहरु अधिकांश तस्करीका कार्य गर्दै आएका छन । विगत लामो समयदेखि विभिन्न सरसमानको तस्करी गर्दै आएका उनीहरु अहिले देश लकडाउन र सिमा बन्द भएपछि उनीहरु तस्करी गर्न नपाएपछि सुरक्षकर्मीहरु माथि आक्रोस पोख्दै ढुङ्गामुढा प्रहार गरेको स्थानिय करम हुसैन अंसारीले जानकारी दिएका छन् । बहुआरको लाईनटोलाका बासिन्दाहरु नै उल्टिएर नेपाली सुरक्षाकर्मीहरु माथि ढुङ्गा प्रहार गर्दा सुरक्षाकर्मीहरु आफनो ज्यान जोगाउन सिमावारी कठहवाँ गाउँतिर भागेका थिए । ढुङ्गाले सुरक्षाकर्मीहरु घाईते नभएप ियो ठुलो दुखद घटनारहेको स्थानिय करम हुसैनले बताएका छन् । ढुङ्गाप्रहार गर्दै उनीहरु नेपाल भित्रीन थालेपछि सुरक्षाकर्मी र स्थानियहरुले उनीहरुलाई सिमापारी धपाएका थिए ।

यसरी भएको हो घटना

सोमबार साँझ ४ बजेको समयमा दशगजामा चरिरहेको एक बाख्रा सिमावारी कठहवाँ गाउँतरि छिरेपछि बाख्रा लिन एक महिला नेपाल छिर्न खोजेकि थिईन । उनलाई सिमा खटिएका सुरक्षाकर्मीले तपाई नछिर्नुहोस हामीले बाख्रा उतै पठाईदिन्छौ भनेपनि उनी अटेरी ग¥दै सयको संख्यामा गाउलेहरुलाई बोलाई सुरक्षाकर्मीहरुलाई गालीगलौज गराउन थालिन । यता तस्करी गर्न नपाउने निहुँमा भारतीय तस्करहरु गाउँलेहरुको सहारामा सुरक्षाकर्मीहरु माथि ढुङ्गामुढा प्रहार गरेको सुरक्षाकर्मीहरुले बताएका छन् । बहुआरका अधिकांश तस्करहरु सो नाकाबाट रक्सी, कुखुरा, मलखाद, धानको बिउ, र दैनिक उपभोग्य बस्तुहरुको तस्करी गर्दै आएका थिए तर लकडाउनले तस्करी गर्न नपाएपछि सुरक्षाकर्मीहरु प्रति आक्रोसित बन्दै गएका थिए । बिचबिचमा सुरक्षाकर्मीर र तस्करहरु बिच भनाभन भएपनि आज मात्र त्यस्तो घटना घटन पुगेको स्थानियले बताएका छन् । यस बिषयमा सिमा खटिएका भारतीय एसएसबीहरु भने भारतीय तस्करहरुलाई नै मौन समर्थन जनाएको पाइएको छ ।

Leave A Reply

Your email address will not be published.