Jilla Ban Notis

तरकारीले बजार नपाउदा लाखौ रुपियाँको तरकारी बोटमै कुहिए

0 46

गोपी ज्ञवाली
सुनवल,असार–१९
सुनलल नगरपालिकाको घैयाबारीमा किसानले उत्पादन गरेको तरकारीले बजार नपाउदा तरकारी बोटमै कुहिएर गएको छ । सुनवल नगरपालिकाको वार्ड नम्बर ४ स्थित घैयाबारीमा तेज बहादुर सुनारी, तिल बहादुर सुनारी लगाउतका किसानहरुले गरेको व्यवसायिक तरकारी खेतीले बजार नपाउदा १५ कठठामा लगाईएको तरकारी बोटमा नै कुहिएर फालिएको छ ।

सुनवलको समथर भुभाग देखी केही माथील्लो भागमा चुरे पहाडको फेदीमा रहेको घैयाबारीमा किसानहरुले पछिल्लो दुई वर्ष देखी व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन । यस वर्ष तरकारीले बजार नपाउदा करेला, घिरौला, बोडी लगाएतका तरकारीले बजार नपाउदा लाखौं रुपियाँको क्षति बेहोर्नु परेको सुनवल ४ घैयाबारीका तरकारी उत्पादक किसान तिल बहादुर सुनारी मगरले बताउनु भयो ।

किसान सुनारी मगरका अनुसार २ कठठामा करेला, २ कठठामा बोडी एवं एक कठठामा घिरौला लगाईएको तरकारीको मुल्य बजारमा अत्यन्तै न्युन रहेको वा बजार नै नपाएकाले करिब एक दर्जन क्यून्टल तरकारी कुहेर फाल्नु परेको छ । बजारका ब्यापारीहरुले तरकारी उत्पादक किसानहरुसंग ५÷१० रुपियाँ किलोको दरमा मात्र तरकारी खरिद गर्ने र बजारमा ग्राहकहरुसंगबाट ७० देखी १ सय रुपियाँ सम्मको मुल्यमा बेचने गरको पाईएको छ । बजार अनुगमनको जिम्मेवारी स्थानिय सरकारलाई भए पनि सम्बन्धित निकायले ध्यान नदिदा किसानहरु मर्कामा परेका छन ।

सात घरपरिवार बसाई गर्दै आएको सुनवलको घैयाबारीमा ५ घर परिवारले पछिल्लो दुई वर्ष देखी व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका छन । यस वर्ष तरकारीले बजार नपाउदा घैयाबारीका किसानहरुको न्यूनतम ४ लाख रुपियाँको नोकसान भएको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.