Jilla Ban Notis

ढकाल समाज प्रतिष्ठान नवलपरासी गठन ,( प्रतिष्ठानको केन्द्रिय अवस्था यस्तो छ )

0 52

कृष्ण ढकाल
बर्दघाट,साउन–१९
नवलपरासी जिल्लामा रहेका ढकालहरुको जिल्ला भेला आज सुनवल –१२ भुमहिमा सम्पन्न् भएको छ । जिल्ला आयोजक समितिका संयोजक यम प्रसाद ढकालको अध्यक्षता र नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रिय अध्यक्ष टिका राम ढकालको प्रमुख आतिथ्यतामा भएको भेलाले ११ सदस्य जिल्ला तर्दथ समिति गठन गरेको छ ।

भेलाले ढकाल समाज प्रतिष्ठान नवलपरासीको जिल्ला तर्दथ समितिको अध्यक्षमा सुनवलका यम प्रसाद ढकाललाई चयन गरेको छ भने उपाध्यक्षमा बर्दघाटका ईन्द्र प्रसाद ढकाललाई चयन गरेको छ ।
त्यसैगरी सचिवमा सुनवलका देवराज ढकाललाई र कोषाध्यक्षमा सुनवलका लेखनाथ ढकाललाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा बर्दघाटका कुस्माकर ढकाल,चन्द्र ढकाल,सपना ढकाल र कामना ढकाल रहनु भएको छ भने रामग्रामवाट पुरुषोत्तम ढकाल ,सुस्तावाट मोतीलाल ढकाल र सुनवलवाट डिल्लीराम ढकाल रहनु भएको छ भने सरावल,प्रतापपुर र पाल्हिनन्दन वाट पछि थप गर्ने गरी समिति निर्माण गरीएको छ ।

त्यस्तै यहि साउन २६,२७ र २८ गते देवघाटमा हुने ढकालहरुको राष्ट्रिय भेलामा नवलपरासीवाट सक्रिय सहभागिता जनाउने र नवलपरासी जिल्लाका विभिन्न स्थानमा विभिन्न तह र तप्का तथा पद र प्रतिष्ठाले सम्मानित एवं उन्नती प्रगतीगर्नु भएका जिल्लाका ढकाल बन्धुहरुलाई बधाई तथा शुभकामना दिदै भेला समापन गरीएको थियो ।

कार्यक्रममा नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक खोमराज ढकाल ,केन्द्रिय सदस्य कृष्ण ढकाल लगाएतको उपस्तिथी रहेको थियो ।

नेपाल ढकाल समाज प्रतिष्ठान केन्द्रले प्रकाशन गरेको प्रतिष्ठानको संक्षिप्त परिचय यस प्रकार रहेको छ ।

पृष्ठभूमि 

उपमन्यु ऋषिका सन्तान हाम्रा मूल पुर्खा गोविन्ददेव ढकालका सन्तानहरू नेपालभरी र बाहिर पनि छरिएर रहेको अवस्थामा परम्परादेखि मनाउँदै आएको संस्कार रीति रिवाजमा समय र परिस्थिति अनुसार विविधता आउनु अस्वाभाविक होइन तर पनि वंशजका कुलदेवता र इष्टदेवतामा एकरुपता , पूजा तथा उपासनाको विधिमा फरक तिथि र प्रकृया व्यक्ति र समाज अनुसार असामान्य ढंगले विविधता आएको देखिन्छ ।

एउटै गोत्र तथा वंशमा अपनाइने संस्कार सामाजिक मूल्य तथा मान्यतामा फरकपन आउनु राम्रो होइन । एउटै रक्त वंशका सन्ततिहरूले चीरकालसम्म संस्कार , संस्कृति एउटै किसिमले अवलम्बन गर्दै जानुपर्ने हो । विभिन्न कारण तथा परिस्थितिले नामको पछाडि ढकाल थर नलेखी अन्य लेख्ने गरिएकाले वंशबाट फरकपन देखी एक आपसमा वैवाहिक सम्बन्ध भै कुलको नाश हुने अवस्था आएको छ । हाम्रो वंशले पनि बदलिंदो परिस्थिति अनुसार सामाजिक गतिबिधिको माध्यमबाट राष्ट्र र समाजलाई साथ सहयोग दिनु नैतिक दायित्व महसूस गरी नेपाल भित्र र बाहिर रहेका सबै ढकालहरू एउटै संस्थामा आबद्ध भै एक आपसमा सम्पर्क र समन्वय हुन सहज हुने उद्देश्यले मुनाफा वितरण नगर्ने जनहितकारी सामाजिक संस्था कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंबाट २०७७।१२।३ मा दर्ता भएको हो ।

संक्षिप्त परिचय 

कम्पनीको नाम स् नेपाल ढकाल समाज प्रतिष्ठान ।

केन्द्रीय कार्यालय स् काठमाडौं उपत्यका भित्र रहने ।

शाखा कार्यालयहरूः आवश्यकता अनुसार प्रदेश , जिल्ला , पालिका र वडामा रहने ।

● कम्पनी दर्ता स् कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौँ

दर्ता नं । २५ ९ ०६५ र ०७७ र ०७८ मिति २०७७१२।३

समाजकल्याण परिषदमा आबद्धता स् नं ।५२३३२ र ०७७ मिति २०७७१२ ९
पान दर्ता स् नं ६० ९९ ६७७१५ मिति २०७७१२१८ , आन्तरिक राजश्व कार्यालय काठमाडौं ।

करछुट संस्था दर्ता स् नं । २४र०७८ मिति २०७८ र ९ र २ , आन्तरिक राजश्व कार्यालय काठमाडौ ।

कम्पनीको बैंक खाता स् ब।हि।नं। ११८००५००१५२८० मेगा बैंक नेपाल लि ।
प्रबन्ध पत्र र नियमावलीमा पहिलो संशोधन स् मिति २०७८७१७

केन्द्रीय सञ्चालक समिति स् १११ जना ९ सबै जिल्लाको प्रतिनिधित्व रहने गरी ।

महिला ३३ प्रतिशत र अपाङ्ग ३ प्रतिशत प्रतिनिधित्व रहने ।

हालसम्म ६५ जिल्लाका ढकालहरूसँग सम्पर्क विस्तार भएको ।

दार्चुला , डोटी , डडेलधुरा , बैतडी , बाजुरा , मुगु , जाजरकोट , रुकुमपूर्व , रोल्पा , मनाङ , मुस्ताङ र सोलुखुम्बूमा ढकाल बाहेक अन्य थर लेखिएको हुनसक्छ । ढकालहरू भए नभएको बारेमा खोज तलास भैरहेको छ ।

२०७७।११।२८ मा पहिलो भेलाद्वारा ७ सदस्सीय तदर्थ सञ्चालक समिति गठन भएको र कम्पनी ऐन २०६३ अनुसार कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौमा २०७७१२।३ मा नेपाल ढकाल समाज प्रतिष्ठानको नामले कम्पनी दर्ता गरिएको ।

● २०७७।११।२८ मा पहिलो भेलाबाट गठन भएको संस्थापक तदर्थ सञ्चालक

केन्द्रिय समिति 

अध्यक्ष       श्री टिकाराम शर्मा ढकाल दैलेख
उपाध्यक्ष     श्री जगन्नाथ ढकाल , मकवानपुर
सचिब        श्री दामोदर ढकाल , खोटाङ
कोषाध्यक्ष   श्री कुलबहादुर ढकाल,नुवाकोट
सदस्य        श्री पूर्णप्रसाद ढकाल हुम्ला ,
सदस्य       श्री कृष्ण ढकाल , कैलाली ,
सदस्य      श्री रवीन्द्रप्रसाद ढकाल , बर्दिया

कम्पनीको उद्देश्य अनुरुप ढकाल वंशलाई एकीकृत गरी ऐतिहासिक तथ्यको नजीक हुन जरुरी छ । शिव सम्प्रदाय भित्रका उपमन्यु गोत्रीय ढकाल वंश भित्र सीमित कार्य क्षेत्र राखी ढकाल वंश हितका लागि संस्थाहरूदर्ता गरी वंश इतिहासको खोजी भएका छन् तथापि ती संस्था , समूहहरुले सिङ्गो ढकाल वंशको एकीकृत खोजवीन हुन नसक्दा को काहांबाट आएर कहाँ बसे को संगको नाता सम्बन्ध के हुने रु भन्ने कुरामा हालसम्म अन्यौलता नै छ । एउटै गोत्रका ढकालहरुमा पनि पुस्तौनी साइनो थाहा हुन सकेको छैन । यस्तो अन्यौलतालाई टुङ्गोमा पुऱ्याऔं भन्ने नै कम्पनीको उद्देश्य रहेको छ ।

कम्पनी दर्ताभएको १ वर्षको अवधिमा संगठन विस्तारको क्रम रह्यो । केन्द्रीय अध्यक्षज्यू कै समुपस्थितिमा आजसम्म ६५ जिल्लाहरुमा प्रतिष्ठानको सम्पर्क विस्तार भएको छ । प्रतिष्ठानका जिल्ला शाखाको रुपमा कहीं जिल्ला समिति , कहीं भेला आयोजक समिति र कहीं तदर्थ समितिहरूगठन गरी प्रतिष्ठानमा आबद्ध हुनुभएको छ । ढकाल वंशको उत्थान र इतिहासको खोजी गर्ने उद्देश्यका साथ प्रा । डा । अञ्जनीकुमार शर्मा ढकालज्यूले काठमाडौबाट अगुवाई गनुभएकोले ।

देशका विभिन्न जिल्लामा त्यस अभियानको प्रभाव ढकाल बन्धुहरू संगठित हुनुभएको छ । वहाँबाट शुरु गरेको अभियानलाई प्रतिष्ठानको माध्यमबाट सबै ढकाल बन्धूहरूलाई एकीकृत र जिम्मेवारी बाँडफाँड गरी पूरा गर्न लागिएको यो महाअभियान हो । सबै ठाउँमा भौगोलिक हिसाबमा दर्ता भएका ढकाल समाज नामका समूहहरूसँग पनि सम्पर्क र सहकार्यका लागि समन्वय भएका छन् । प्रतिष्ठानको प्रबन्धपत्र र नियमावली बमोजिम सबै जिल्लाको प्रतिनिधित्व हुने गरी १११ जनाको केन्द्रीय सञ्चालक समितिको गठन भएको छ ।
केन्द्रीय सञ्चालक समितिका पदाधिकारीहरू ८ जना र ३ जना सदस्य गरी ११ जनाको केन्द्रीय कार्यालय व्यवस्थापन ९ सचिवालय ० समिति रहने व्यवस्था भएको छ । ढकाल वंश भित्रका प्रतिष्ठित व्यक्तित्वहरूलाई केन्द्रीय सल्लाहकार परिषदमा मनोनयन गरिएको छ भने ढकाल थरबाट मुलुकका स्थानीय निकाय देखि संघीय संसदसम्म निर्वाचित भई प्रतिनिधित्व गर्नुभएका जन प्रतिनिधिहरूलाई सम्मान स्वरुप प्रतिष्ठानको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गर्ने काम भएका छन् ।
ढकाल वंशको इतिहास , वंशावली , मूर्धन्य व्यक्तित्वहरूबाट भएका कार्यहरू र प्रतिष्ठानबाट हुने सबै प्रकारका कार्यहरूको अभिलेख राख्न र आधुनिक युगमा घरैमा वसी सबै प्रकारको अभिलेख हेर्न सकियोस् भन्ने हेतुले प्रतिष्ठानको नामको वेवसाइट निर्माणको चरणमा रहेको छ । प्रतिष्ठानका सबै तहका काम कारवाहीहरू सहज र पारदर्शि ढंगबाट सञ्चालन गर्न सकियोस् भनि ु नेपाल ढकाल समाज प्रतिष्ठान सञ्चालन कार्यबिधि (२०७८ ु केन्द्रीय कार्यालय व्यवस्थापन ९ सचिवालय ० समितिबाट तयार गरी सैद्धान्तिक सहमतिमा साधारणसभाको स्वीकृतिका लागि पेश गर्न यसै परिचय पुस्तिकामा समावेश गरिएको छ ।

यसै

गरी प्रतिष्ठान स्थापना दिवस तथा ढकाल बन्धुहरूको प्रथम राष्ट्रिय भेला र विशेष साधारणसभा २०७८ चैत्र ३ गते सञ्चालन गर्ने पूर्ण तयारी गरिएको छ । उपमन्यू गोत्रीय ढकालका पूर्खाहरूले आर्जन गरेको विर्ता थात थलोलाई बिस्तारै छोड्दै हामी ढकालका सन्ततिहरू स्वदेश विदेश यत्रतत्र छरिएर बसोवास गरी आएका छौं ।
पूर्खाले आर्जन गरेका भूमिलाई सन्ततिहरूले छोड्दै जाँदा सर्वत्र बाँझो जमिनमा परिणत हुँदै गएका छन् । ती जमिनहरूलाई सम्बन्धित बन्धूहरूसँग समन्वय गरी प्रयोगमा ल्याउन पनि प्रतिष्ठानले पहल गर्नुपर्ने भएक यसरी प्रतिष्ठानको संरक्षणमा आएका जमिनहरूमा खेतीकिसान वा कुल मन्दिर को पूजा आदि उपयुक्त माध्यमबाट प्रयोगमा ल्याउने प्रबन्ध मिलाइनु पर्दछ । आफ्नो वंशको पहिचान लोप हुन नदिनका लागि सबै बन्धुहरूले जिम्मेवार बोधकासाथ लाग्नु पर्ने बेला भएको प्रतिष्ठानको उद्घोष हो । आफू जन्मेको भूमि कति प्यारो हुन्छ भनि ऋषि षडवाड्ङ्गले भन्नुभएको छ ।

पित्रोउपार्जितो भूमि दरिद्रोपि दुःखा पहा ।
जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी ॥

यस श्लोकबाट पनि हामीहरूले ज्ञान लिनु पर्ने देखिन्छ । दुःख दरिद्र जेजस्तो भएता पनि मातृभूमि स्वर्गभन्दा प्यारो हुन्छ । किनभने जन्म दिने बुवा आमा र वास दिने प्रथ्वी माता एउटै हुन् । वहाहरूलाई हामीले आदर सत्कार र संरक्षण गर्नु पर्दछ । भुमि पुर्खाले आर्जन गरी दिएका हुन् र पुर्खा श्रद्धेय छन् । त्यसैले पूर्खाको खोजी गरी इतिहास हुने प्रमाण दस्तावेजको प्रबन्ध गरी कुल वंशीय सम्पत्तिको रुपमा भावी पीढिका लागि हस्तान्तरण गर्नु महत्वपूर्ण पाटो हुन आउँछ । यो प्रतिष्ठान वंश लहराको खोजी गर्न , वंश भित्रका संस्कार र संस्कृतिलाई एकरुपता ल्याउन र भाइ बन्धुहरूबिच एकीकृत गर्न साधनको रुपमा स्थापना भएको छ । हामी ढकाल बन्धुहरू साध्य रुपमा अगाडि बढ्नु पर्दछ । हामी माझ आइपरेको जिम्मेवारीलाई पूरा गर्न सकिएको खण्डमा हाम्रा कुल ऋषि उपमन्यु र शिव भगवानको सदा आशिर्वाद रहनेछ ।

॥ अस्तु ॥

Leave A Reply

Your email address will not be published.