Jilla Ban Notis

डा. गोविन्द केसी को समर्थनमा बर्दघाटमा विरोध प्रर्दशन ।

0 25

कृष्ण ढकाल
बर्दघाट,असोज–१५
स्वास्थ्य शिक्षा क्षेत्रमा भएका विकृति विसंगतीका विरुद्ध आवाज उठाउदै स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै १९ औं पटक अनसनमा बसेका डा.गोविन्द केसी को समर्थनमा आज नवलपरासीको बर्दघाटमा पनि विरोध प्रर्दशन भएको छ । बर्दघाट बजारको सडक छेउमा लाईनबद्ध भएर हातमा पोष्टर लिएर मौन लिपिवद्ध विरोध प्रर्दशन भएको थियो ।

देशका दुर्गम ठाउँका,पिछडिएका वर्ग,तह र तप्काका जनताहरुले पक्षमा रहेर पटक पटक आमरण अन्सन वस्दै आएका डा.गोविन्द केसी को समर्थनमा आफुहरुले विरोध प्रर्शन गरेको सहभागि कमल वस्यालले बताउनु भएको छ । त्यसैगरी अनसनमा बसेका डा. गोविन्द केसी को स्वास्थ्य लाभको कामना गर्दै सांझ बर्दघाट बजारमा दिप प्रज्वलन समेत गरेको बस्यालले जानकारी गराउनु भएको छ ।
१९ औं पटक अनसनमा बसेका डा. गोविन्द केसीले एम।वि।वि।एस। पढ्न सुलभ र सहज तरिकाबाट पाउनु पर्ने देखि स्वास्थ्य उपचार सबैमा सर्वसुलभ हुनु पर्ने, स्वास्थ्य शिक्षामा भएका विकृति विसंगती हटाउनु पर्ने लगायतका माग राख्दै अनसन बस्दै आउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.