Jilla Ban Notis

झेल्ली किसानहरुका कारण वास्तविक किसानहरु मारमा ः मन्त्री पौडेल

0 28

कृष्ण ढकाल
बडेेेरा,साउन १
झेल्ली किसानहरुका कारण वास्तविक किसानहरु मारमा परेको प्रदेश नं.५ की भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री आारती पौडेलले बताउनु भएको छ । आज सुनवल १३ बडेरामा रहेको पशु पंक्षि पालन तथा कृषि समुह बडेराले शुरु गरेको दुग्ध डेरीको समुद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पौडेलले उक्तकुरा बताउनु भएको हो । उहांले अहिले प्रदेश सरकारले त्यस्ता कागजी झेल्ली किसानहरुलाई निरुत्साहित गर्न उत्पादनको आधारमा अनुदान दिने कार्यको शुरुगरेर वास्तविक किसानको पक्षमा कार्य गरेको बताउनु भयो । त्यसैगरी सरकारले प्रदान गरेको पशुविमा निकै लोकप्रिय बनेको बताउदै अब कृषिविमालाई पनि प्रभावकारी बनाउने तयारीमा रहेको बताउनु भएको छ । उहांले अब परम्परागत कृषि पेशागर्नु भन्दा पनि सामुहिक कृषि कार्य गर्ने बानीको विकास गर्न जरुरी रहेकोमा जोड दिनु भएको थियो । उत्पादनको लागत बढी भएका कारण कृषि पेशामा शंकट आएको बताउदै अब लागत कमहुनेगरी समुहमा उत्पादन गर्न जरुरी हरेको बताउनु भयो । अहिले प्रदेश सरकारले आफ्नो प्रदेशको उत्पादनलाई अन्तर प्रदेशीक ब्यापारका रुपमा विकास गर्नेगरी सहकारी मार्फत त्यसको शुरुवाद गर्ने तयारीमा रहेको बताउनु भयो ।

पशु पंक्षि पालन तथा कृषि समुहका अध्यक्ष खडानन्द कोईरालाको अध्यक्षतामा भएको उक्त समुद्घाटन कार्यक्रममा बोल्दै सुनवल नगरपालिकाका नगर उप प्रमुख दधिराम अर्यालले सुनवल नगरपालिकाले नगरका किसानहरुको पक्षमा रहेर आफ्नो निति तथा कार्यक्रमहरु ल्याएको बछाउनु भएको छ । सुनवल नगरपालिकाले कागजी किसानहरुको अन्त्य गर्दै वास्विक किसानको पहिचान गर्न लागेको बताउनु भयो । होटलमा तालीम लिने कागजी किसानहरु खेतमा नजाने गरेको कारण उत्पादनमा समस्या रहेको उहांको भनाई रहेको थियो ।
त्यसैगरी सुनवल नगरपालिका वडा नं. १३ का वडाध्यक्ष तथा नगर प्रवक्ता कृष्ण प्रसाद देवकोटाले किसानहरुलाई सिंचाईको ब्यबस्था,मलखाद तथा बिउविजनलाई समयमा सर्वसुलभ तरीकाले उपलब्ध गराउने बतावरण सृजना गर्न मन्त्री पौडेलको ध्यानाआकर्षण गराउनु भएको थियो ।
सोही कार्यक्रमा बोल्दै नेकपाका जिल्ला अध्यक्ष भविस्वर तिवारी (आजाद)ले कृषि पेशा सम्मान जनक रहेपनी हेर्ने टृष्टिकोण अझै परिवर्तन नआएको बताउनु भएको थियो । उहांले अन्य पेशाभन्दा कृषिपेशा लाभान्वित र देशलाई समृद्धि गर्न सहयोग पुग्ने धारणा ब्यक्त गर्नु भएको थियो ।
समुहका सचिव आनन्द तिवारीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन समुहका सदस्य संगम कोईरालाले गर्नु भएको थियो । २०७६ सालमा स्थापना भएको उक्त समुहमा ब्यवसायिक कृषक लगाएत मासुजन्य र दुग्धजन्य उत्पादनका ब्यवसायिक कृषकहरु संगठीत भएका छन् । सो समुहले कृषि र पशुपालन क्षेत्रमा आवश्यकपर्ने मल विउ दाना लगाएतका भेटनरी सामानहरुको ब्यवस्थापन गर्दै सेवा प्रदान गर्दैजाने योजनामा रहेको संस्थाको अध्यक्ष कोईरालाले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.