Jilla Ban Notis

ज्येष्ठ नागरिकलाई सिरक तथा लठ्ठी बितरण ।

0 21

बर्दघाट,मंसीर–१८
बर्दघाट नगरपालिका वार्ड नं. १० को आयोजनामा ज्येष्ठ नागरिकहरुलाई सिरक तथा लठ्ठी बितरण गरीएको छ । बुधबार एक कार्यक्रम का बिच बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालमार्फत सिरक तथा लठ्ठी बितरण गरीएको थियो ।

बर्दघाट वार्ड नं। १० का वाडाध्यक्ष्ँ राजु मिश्रको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्यालले ज्येष्ठ नागरिक देशका गहना भएको बताउदै ज्ेष्ठ नागरिकले सम्मानजनक बाच्न पाउनु पर्ने र बताउनु भएको थियो । उहांले निर्वाचनका बेलामा आफुहरुले प्रतिबद्धता गरेको ज्येष्ठ नागरिक भत्ता मासिक ५ हजार पुर्याउने लक्ष्यका साथ आफुहरु अगाडी बढेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष एवं वडाध्क्ष मिश्रले बार्षिक निति तथा कार्यक्रम अनुसार ज्येष्ठ नागरिकलाई सम्मान गरेको बताउदै वाडामा रहेका सम्पुर्ण ज्येष्ठ नागरिकहरुलाई एक थान फाईबर सिरक र एक थान लठ्ठी प्रदान गरीएको बताउनु भयो ।
कार्यक्रममा भुताहा चावी टोल बिकास संस्थाका अध्यक्ष हरिलाल श्रेष्ठ वाडा सदस्य रुद्र बहादुर कार्की लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा ८० बर्ष माथीका ६० जना ज्येष्ठ आमा बुवाहरुलाई सम्मान गरिएको कार्यक्रममा वार्ड सदस्य बिस्नुमाया सुवेदीले स्वागत मनतव्य राख्नु भएको कार्यक्रमको सञ्चालन वार्ड नं। १० का वार्ड सचिव नेत्र नारायण पौडेलले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.