Jilla Ban Notis

जेष्ठ नागरिक एकल महिला तथा फरक क्षमता भएका व्यक्तिलाई  काम्बल बितरण । 

0 22

गौरीशंकर जयसवाल

परासी ५ माघ

पश्चिम नवलपरासीमा जेष्ठ नागरिक एकल महिला तथा फरक क्षमता भएका व्यक्तिलाई काम्बल बितरण गरिएको छ ।रामग्राम नगरपालिकाको वडानं ३ कार्यालयको अयोजनामा जेष्ठ नागरिक एकल महिला तथा फरक क्षमता भएका व्यक्तिलाई काम्बल बितरण गरिएको हो । आज एक कार्यक्रमको बिचमा रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले जेष्ठ नागरिक एकल महिला तथा फरक क्षमता भएका व्यक्तिलाई काम्बल बितरण गरेका छन । सो अवसरमा बोल्दै नगरप्रमुख गुप्ताले सामाजिक कार्यमा जनप्रतिनधी सक्रिय रहेमात्र समाजमा परिर्वतन गर्न सकिने बताए ।सामाजिक क्षेत्र र आम नागरिकको भावना अनुसार रामग्राम नगरपालिकाले काम गरिरहेको गुप्ताले बताए ।रामग्राम नगरपालिकाको वडा३ भित्रका जेष्ठ नागरिक एकल महिला तथा फरक क्षमता भएका व्यक्ति गरी एक सय आसी जनालाई काम्ल बितरण गरिएको वडानं ३का वडा सचिव फकिरी थारुले जानकारी दिए । वडानं ३का कार्यबहाक अध्यक्ष सुरज पाण्डेको अध्यक्ष्तामा भएको बितरण कार्यक्रममा रामग्राम नगरपालिकाका उपप्रमुख रम्भा कुवर,परासी खानेपानी तथा सरसफाईका अध्यक्ष खगेश्वरी पन्थी नेपाल पत्रकार महासंघका अध्यक्ष हरी शर्मा,लगायतले अ—आफनो धारण राखेका थिए । त्यस्तै गरी नेपाल रेडक्रस सोसाईटीको उपशाखा जमुवाड १२र १३ले जेष्ठ नागरिकहरुलाई काम्बल बितरण गरेको छ । रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले १२ र १३मा रहेका जेष्ठ नागरिकहरुलाई काम्बल बितरण गरेका हुन । १२ र १३मा रहेका जेष्ठ नागरिकहरु गरी कुल ५० जनालाई बितरण गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरी जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.